जन्मदिनमा शिव परियारको भिडियो

काठमाडौं– गायक शिव परियारको जन्मदिन पारेर उनले गाएको एउटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शिव परियारको ‘शिवालय’ एल्बममा सामवेश ‘अल्लारे…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

राजु थापा मगरको शब्दको यो गीतका संगीतकार पनि गायक परियार नै हुन् । गीतमा अल्लारेमा लगाएको माया प्रेमको बारेमा के के गर्छन् भनेर देखाउन खोजिएको छ ।  गीतमा ज्योत्सना योगी र रितेश गुरुङले अभिनय गरेका छन् । भिडियोलाई आस्था व्याण्डका गायक नरेन लिम्बुले निर्देशन गरेका हुन् ।
यस्तो छ भिडियो :