उपाध्यायको कस्तो माया सार्वजनिक

काठमाडौं- गीतकार गोविन्दप्रसाद उपाध्यायले दोस्रो एल्बम ‘सत्यता–२’ मा समावेश ‘कस्तो माया लाइयो हजुर’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
दाम्पत्य जीवन टुटेपछि केही टाढा रहेका गायक मनोजराज र गायिका अन्जु पन्तलाई यही गीतबाट उपाध्यायले फेरि सँगै गायनमा ल्याएका थिए ।
यो गीत यी दुई गायक–गायिकाको जीवन कथासँग मिल्दो भएकाले उनीहरू गाउन तयार भएको गीतकार उपाध्याय बताउछन् ।
यो गीत गत वर्ष नै गीतिसंग्रह सत्यता–२ मार्फत स्रोतामाझ आएको थियो । गीतलाई दर्शकले रुचाएका कारण भिडियो तयार गरेर ल्याएको गीतकार उपाध्यायले बताए । यो गीतमा हरि लम्सालले संगीत छ । यो गीतको भिडियोमा सागर र अनु शाहको अभिनय रहेको छ । छायांकार सुदिप बरालले खिचेको यो भिडियोलाई दिपक खाँडले निर्देशन गरेका हुन् ।
यस्तो छ भिडियो :