शाहरुख खानकी छोरीको पहिलो फिल्म

बलीउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान पनि अभिनय क्ष्ँेत्रमा आउने भन्ने चर्चा पछिल्लो केहि समयदेखि चुलिएको थियो । यो चर्चालाई सुहानाले प्रमाणित गरेकी छिन् । अन्ततः उनले अभिनय क्षेत्रमा पाइला राखेर छाडिन् । उनको पहिलो शर्ट फिल्म द ग्रे पार्ट आफ ब्लू प्रदर्शन भएको छ । सुहानाको यो शर्ट फिल्म प्रदर्शन भए संगै यसले धमाल पनि मच्चाएको छ । यस फिल्ममा सुहाना खानको अभिनय क्षमताको पनि धेरै तारीफ पनि भैरहेको छ । सुहाना खानको पहिलो फिल्मको भीडियो पनि इन्स्टाग्राममा भाइरल भैरहेको छ ।
१० मिनेटको यो शर्ट फिल्ममा सुहानाको अभिनय, हाउ–भाउ, डाइलोडगहरुमा ध्यान दिने हो भने सुहानाले आफुलाई बलीउडको लागि पूर्ण रुपले तयार गरिसकेको थाहा हुन्छ । दर्शकहरुले सुहानाको पहिलो शर्ट फिल्मलाई धेरै नै रुचाएका छन् ।
यो शर्ट फिल्मको कथावस्तु एउटा युवा जोडीमा आधारित रहेको छ । दुई दिनको सडक यात्रामा यो जोडी आफ्नो सम्बन्धको वास्तविकतालाई फेस गर्छन् । अंग्रजी भाषामा बनेको उक्त र्शट फिल्म द ग्र् पार्ट अफ ब्लूलाई थियोडर गिमेनोले निर्देशन गरेका छन् । फिल्म सुहाना बाहेक रोबिन गोनेलाको प्रमुख भुमिका रहेको छ ।
सुहाना सानैबाट आफ्नो पिताले जस्तै अभिनय क्षेत्रमा नाम कमाउन चाहान्थिन् । यसको खुलासा स्वयं उनको पिताले एउटा अन्र्तवार्ताको क्रममा गरेका थिए । सुहाना यहि बर्ष आफ्नो ग्रेजुएशन पूरा गरेकी छन् । तर अहिले उनी आफ्नो बा“कि पढाई पूरा गर्ने क्रममा अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी छिन् । अरु समयमा सुहाना आफ्नो ड्रेस सेन्स र स्टाइलका कारण पनि धेरै चर्चामा आउने गर्छिन् ।