सत्य घटनामा आधारित रानी मुखर्जीको मर्दानी-२

बलिउड अभिनेत्री रानी मुखर्जीको नयाँ चलचित्र ‘मर्दानी–२’ को ट्रेलर दर्शकहरुले धेरै मन पराएका छन् । जसमा एउटा क्रुर सीरियल रेपिस्ट (बलात्कारी) लाई पक्राउ गर्नको लागि संघर्ष गरिएको देखाइएको छ । उक्त भूमिकामा अभिनेत्री रानी मुखर्जीले निर्वाह गरेकी छिन् । उक्त फिल्मको मुख्य विषयवस्तु भारतमा भएको एउटा डरलाग्दो बलात्कारको घटनामा आधारित छ ।

सन् २०१३ मा भारतमा ६ जना युवाहरुले एउटी महिलालाई क्रूरतापूर्वक बलात्कार गरिएको थियो । ती मध्ये दुई बलात्कारहरु त किशोरावास्थाका थिए । यो फिल्ममा निर्माताहरुले प्रायः धेरै कुराहरु वास्तविक घटनाहरुबाट प्रेरणा लिएका छन् । अभिनेत्री रानी मुखर्जीले उक्त चलचित्रमा निर्भीक तथा प्रतिवद्ध प्रहरी अधिकृत शिवानी शिवाजी रायको भूमिका निर्वाह गरेकी छिन् ।

यो फिल्ममा रानीलाई खतरनाक खलनायकको अघिल्तिर उभ्याइएको छ । आदित्य चोपडाको प्रोडम्बसनमा बनेको यो फिल्म १३ डिसेम्बरका दिन प्रदर्शन हुँदैछ ।