बाला सफल हुँदा भूमि अत्यन्त खुशी

आयुष्मान खुराना, भूमि पेडनेकर तथा यामी गौतमको मुख्य भूमिका रहेको हिन्दी फिल्म ‘बाला’ लाई दर्शकहरुले राम्रो साथ दिइरहेका छन् । यो चलचित्र एक सय करोड क्लबमा समेत समावेश भैसकेको छ । चलचित्रको सफलताप्रति भूमि निकै खुशी छिन् ।

भूमिले भनेकी छिन्—‘यो निकै महत्वपूर्ण चलचित्र हो, जसमा निकै घतलाग्दा कुराहरु बताइएको छ । ती चिजहरुलाई सबैले सुन्न तथा ती कुराहरुलाई विचार गर्नु पर्छ । दर्शकहरुको यसप्रकारको मायाप्रति म निकै आभारी छु ।’

भूमिका अनुसार उनले अभिनय गरेको अर्को एउटा चलचित्र एक सय करोढ क्लबमा सहभागि हुनु उनको लागि निकै ठूलो खुशीको कुरा हो, तर त्यो भन्दा पनि ठूलो कुरा के हो भने सामाजिक मुद्दासंग सम्बन्धित चलचित्रहरु जस्तो ट्वाइलेट :एक प्रेमकथा तथा बाला एउटा सन्देशसहित दर्शकमाझ आएका हुन् ।

बालाको सम्पूर्ण यूनिटलाई बधाइ दिँदै भूमिले भनेकी छिन्—‘म आफ्ना पार्टनर इन क्राइम आयुष्मान खुरानालाई बधाइ दिन चाहन्छु, जसका साथमा मैले हिट फिल्मको ह्याट्रिक लगाएकी छु । यसबाहेक बालाको पुरै यूनिट जसमा सह–कलाकार यामी गौतम, अमर कौशिक, निर्माता दिनेश विजान आदि व्यक्तिहरु छन् । यसबाहेक म फिल्मका अन्य सबै सदस्यहरुलाई वधाइ दिन चाहन्छु ।’

भूमि चा“डै नै नया“ फिल्म ‘पति पत्नी और वो’ मा देखिंदैछिन्, जसमा उनीसंग कार्तिक आर्यन तथा अनन्या पाण्डे पनि छन् । यो फिल्म ६ डिसेम्बरमा प्रदर्शन हुँदैछ ।