अजय देवगनकी छोरीको ट्रोल बने पछि…

अजय देवगन र काजोलकी छोरी न्यासा प्राय ट्रोलको शिकार बन्छिन् । कहिले उनले लगाएको पहिरन त कहिले मेकअपका कारण । केहि समय पहिला आफ्नो हजुरबुबाको निधन भएको भोलीपल्ट नै न्यासालाई पार्लर बाहिर देखियो जसका कारण उनको अत्यधिक आलोचना पनि भयो । अजय देवगनले छोरी न्यासा पार्लर जानुको पछाडिको कारणलाई खुलस्त पारेका छन् । उनले एउटा अन्र्तवार्ताको क्रममा भने,जब मैले मेरो बुबालाई गुमाए,त्यसको अर्को दिन पनि मेरा बच्चाहरु एकदम दुखि थिए । घरमा यस्तो स्थिति भएको समयमा घरको वातावरण कस्तो हुन्छ भन्ने कुरा सबैलाई थाहा नै छ ।
न्यासा दिनभरी राइरहेकी थिइन् र घरमा एकदम धेरै मानिसहरु थिए । त्यसैले मैले उसलाई धेरै दुखि नहोउ,बाहिर कतै जाउ,कतै घुमेर आउ,केहि खाउ भनेर सम्झाए,जुन एउटा बुबाले आफ्ना बच्चाहरुलाई भन्ने गर्छ तर न्यासाले मेरो कुरा अस्वीकार गरिन् र कतै जान्न भनिन् ।
मैले फेरी पनि उसलाई कर लगाउदै भनि,प्लीज जाउ,यसले तिम्रो मूड परिवर्तन हुन्छ । घरमा धेरै मानिस थिए,हामी उसलाई सम्भाल्न तिर लागेका थियौ । त्यसैले मैले उसलाई बाहिर जान कर लगाए र उसलाई कहा जाने भन्ने थाहा थिएन,त्यसैले उनी पार्लर गइकी हुन् ।
मैले नै उसलाई आफ्नो हेयर वाश गर भनेको थिए । मानिसहरुले न्यासा पार्लर जादै गरेको फोटो खिचेर उसको ट्रोल बनाउन शुरु गरे । हजुर बुबाको हिजो मात्र निधन भएको छ,तिमी आज नै पार्लर गयौ भनेर लेखे । तर म सोध्छु, उनीहरुले कुन अधिकारले यस्तो गरेका हुन ? न्यासालाई राम्रो अनुभव होस् भनेर मैले नै उसलाई पार्लर पठाएको हो । यसरी अजयले आफ्नो छोरी न्यासाको ट्रोल बनाउनेहरुलाई जबाफ दिएका छन् ।