दीपिकाको छपाकको अहिलेसम्मको कमाई

रिलीज भन्दा अगाडि नै चर्चाको चुलिमा पुग्न सफल दीपिका पदुकोणको फिल्म छपाकको धेरै प्रशंसा भएता पनि फिल्मको प्रदर्शन बक्स अफिसमा आशा गरे जस्तो भेटिएन ।
फिल्मको शुरुवात नै विग्रेको थियो । शुक्रवारका दिन फिल्मले ४.७७ करोडा रुपैया कमाएको थियो । फिल्मको दोस्रो दिन राम्रो भिडभाड थियो र फिल्मको कलेक्शन ६.९० करोड रुपैया रह्यो ।
तर आइतबार फिल्मको कलेक्शन सामान्य रुपमा बढ्यो । फिल्मले अहिलेसम्म ७.३५ करोड रुपैया मात्र कलेक्शन गरेको छ । पहिलो वीक्यान्डमा छपाकले २९.०२ करोड रुपैया कमाउन सफल भएको थियो ।
फिल्मले ठुला शहरको प्रीमियम मल्टीप्लेक्सेसमा मात्र राम्रो प्रदर्शन गर्न सफल भयो । साना शहरहरुमा फिल्मको प्रदर्शन निराशाजनक रह्यो ।