सलमान खानको छोरी जन्माउने चाहाना

बिग बस  वीकेन्डको वार विशेष हुन्छ । सलमानसंग बिग बसमा आउने गरेका गेस्टहरुले उक्त शोलाई झन विशेष बनाइदिने गर्छन् । यो हप्ता वीकेन्ड वारको एपिसोडमा दीपिका पादुकोण आफ्नो फिल्म छपाकको प्रमोशन गर्न विक्रान्त मेसी र लक्ष्मी अग्रवालसंग त्यहा पुगेकी थिइन् ।
सलमान खानले उक्त शोमा दीपिकासंग खुलेर रमाईलो गरे । सोहि क्रममा दीपिकाले सलमानलाई छिट्टै विवाह गर्न सल्लाह दिइन् भने सलमानले पनि दीपिकालाई छिट्टै खुशीको खबर सुन्नाउन पर्छ भने ।
अझ सलमानले लक्ष्मी अग्रवालसंग कुरा गर्ने क्रममा दीपिकालाई जिस्काउदै भने दीपिकाले एउटा लक्ष्मी(बच्चा) स्वयं घरमा ल्याउनेछिन् र अर्को लक्ष्मी तपाईले दीपिकालाई दिनु हुन्छ भन्ने म ग्यारेन्टी दिन्छु । सालमानले दीपिकालाई पुन: ठट्याउरो पारामा भने अब तिमी प्रोड्यूसर पनि बन्यौ,छिट्टै तिम्रो घरमा एउटा आयत,एउटा अहिल र एउटा सलमान आउनेछ ।
सलमानको यस्तो कुरा सुने पछि दीपिका पादुकोणले भनिन,पहिला तपाई विवाह त गर्नुहोस् । दीपिकाको कुरा सुन्ना साथ सालमानले तुरुन्त जबाफ दिए बच्चाको विवाहसंग के लिनु दिनु हुन्छ र म्याडम ? यसको जबाफ दीपिकाले पनि जमेर दिइन र भनिन् त्यसो भए तपाई विवाह नगर्नुहोस् पहिला बच्चै जन्माउनुहोस् ।
दीपिकाको दमदार जबाफलाई सलमानले ठट्याउलो पारामा भने पहिले म जबान त हुं,त्यो पछि बच्चाको बारेमा सोचौला । मेरो अहिले खेल्ने कूद्ने दिन हो । यसको साथै सलमानले यदि आफु कुनै दिन कसैको पिता बन्नु परेमा लक्ष्मी जस्तो छोरीको पिता बन्न पाउं भन्ने चाहाना पनि व्यक्त गरे ।