logo
    शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३

ठगीको आरोप लागेका कलाकार नारद खतिवडा चार दिन हिरासत मै रहने


  • बुधबार, साउन ६, २०८३
  • 138
    SHARES

    ठगीको आरोप लागेका कलाकार नारद खतिवडा चार दिन हिरासत मै रहने

    काठमाडौं– अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइ दिने तथा विभागको नियन्त्रणमा रहेका राहदानी फिर्ता गराइदिने आश्वासन दिँदै ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हास्य कलाकार नारदप्रसाद खतिवडासहित तीन जनालाई अदालतको अनुमति अनुसार चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाइने भएको छ ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पीडितको उजुरीका आधारमा सोमवार काठमाडौंका विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको थियो ।

    पक्राउ पर्नेमा कलाकार खतिवडासहित विक्रमबहादुर थापा तथा गोपालकुमार गुरुङ रहेका छन् । प्रहरीका अनुसार कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकलाई छुटाइदिने तथा विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानीसमेत फिर्ता गराइदिने भन्दै उनीहरूले पीडितसँग ९ लाख रुपैयाँ असुलेका थिए ।

    घटनाबारे परेको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान अघि बढाउँदै उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई थप आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो ।

    यसैबीच, प्रहरीले ठगी सम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेपछि हास्य कलाकार नारदप्रसाद खतिवडा चार दिन हिरासतमा रहने भएका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा समाचार
    चर्चित