आजदेखि भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’
काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनको आयोजनामा हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा प्रारम्भ भएको छ ।
एक्स्पोको उद्घाटन आज बिहान ९ बजे नेपाल प्रहरी क्लबस्थित ब्लु प्याभिलियन अडिटोरियम हलमा हुँदैछ । उद्घाटन समारोहमा नेपाल सरकारका विशिष्ट पदाधिकारी, विभिन्न कूटनीतिक नियोगका अधिकारी, प्रतिष्ठित संघसंस्थाका प्रतिनिधि, नाइमाका सञ्चालक समिति तथा सदस्य संस्थाका पदाधिकारी, प्रदर्शनी साझेदारलगायत अटोमोबाइल तथा मोबिलिटी क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाको सहभागिता रहनेछ ।
साउन २६ देखि ३१ गतेसम्म (११ देखि १६ अगस्ट) सञ्चालन हुने एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्डको सहभागिता रहने आयोजकले जनाएको छ । एक्स्पोलाई नेपालकै सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा प्रस्तुत गरिएको छ ।
एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा Learning Sessions, Policy Dialogues and Industry Interactions लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । प्रदर्शनीसँगै ज्ञान आदानप्रदान, सीप विकास, उद्योगसम्बन्धी छलफल तथा सुरक्षित र जिम्मेवार मोबिलिटीबारे जनचेतना अभिवृद्धिमा समेत जोड दिइएको आयोजकको भनाइ छ ।
नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गर्नुका साथै भविष्यको दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनका अनुसार यसपटकको एक्स्पोमा प्रविधि, नवप्रवर्तन तथा दिगो मोबिलिटीका क्षेत्रमा भएका नवीनतम विकास नेपाली उपभोक्तामाझ प्रस्तुत गरिनेछ ।
त्यस्तै, एक्स्पोको अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव सारडाले नाइमा बोर्ड तथा विभिन्न समितिको नेतृत्व र मार्गदर्शनमा सचिवालयले सदस्य कम्पनी, प्रदर्शक, साझेदार, सरकारी निकाय तथा अन्य सरोकारवालासँग निरन्तर समन्वय गर्दै तयारी अघि बढाएको बताए ।
उनका अनुसार यसपटक प्रदर्शनीसँगै Learning Sessions, तालिम तथा जनचेतनामूलक कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योगका नेतृत्वकर्ता, विद्यार्थी र अन्य सरोकारवालालाई एउटै मञ्चमा जोडेर ज्ञान तथा अनुभव आदानप्रदान गर्ने उद्देश्य राखिएको छ ।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले नाइमा नेपाल मोबिलिटी एक्स्पो प्रदर्शनी, सिकाइ तथा जनचेतनाको केन्द्रका रूपमा रहने बताए । उनले एक्स्पो अवधिभर आयोजना हुने विभिन्न Learning Sessions, Policy Dialogues and Industry Interactions मा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
यस्तो हुनेछ एक्स्पोको समय
उद्घाटन समारोहपछि आज साउन २६ गते दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म एक्स्पो सर्वसाधारणका लागि खुला रहने छ । त्यसपछि बाँकी दिनहरूमा भने एक्स्पो बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।
विभिन्न संस्थासँग सहकार्य
एक्स्पोमा ग्लोबल आइएमई बैंक लिमिटेड को–स्पोन्सरका रूपमा रहेको छ भने रेडबुल पावर्ड बाईका रूपमा रहेको छ । एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनर रहेका छन् ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड इन्स्योरेन्स पार्टनर रहेका छन् ।
बोस (BOSCH) टेक्नोलोजी पार्टनर, ग्लोबल कलेज र एम्बार्क कलेज एजुकेसन पार्टनर, अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड चार्जिङ पार्टनर तथा पठाओ नेपाल प्राइभेट लिमिटेड राइड पार्टनरका रूपमा रहेका छन् ।
अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड हाइड्रेसन पार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनर, ग्रान्डी इन्टरनेसनल हस्पिटल मेडिकल पार्टनर, भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) सर्भिलियन्स पार्टनर तथा हिट्को प्राइभेट लिमिटेड फायर एन्ड सेफ्टी पार्टनर रहेका छन् ।
एक्स्पोको को–टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड तथा पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन् ।
नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ प्रविधि, विद्युतीय सवारीसाधन, नवप्रवर्तन तथा भविष्यको यातायात प्रणालीबारे जानकारी लिन चाहने उपभोक्ता, विद्यार्थी, व्यवसायी तथा सरोकारवालाका लागि एक्स्पो महत्वपूर्ण मञ्च बन्ने अपेक्षा गरिएको छ ।
-
नेपाली दूतावास म्यान्मारमा ‘मिसेस ग्राण्ड इन्टरनेशनल–२०२६’ की नेपाली प्रतिनिधि प्रतिक्षा थापालाई सम्मान
-
प्रहरीमा १६ वर्षे पेन्सनको माग, कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह
-
सुन-चाँदी दुवैको मूल्य बढ्यो
-
सद्भाव र्यालीपछि गोलबजारमा खुल्दै पसल, आजदेखि बजार नियमित सञ्चालन हुने
-
प्रधानमन्त्री बालेन्द्र शाहले प्रचार गरेपछि डीडीसीको बिक्री बढ्यो, कृषकको बक्यौता आधाभन्दा बढी घट्यो
-
आज कहाँ-कहाँ पुग्दैछ एलपीजी ग्यास ?
-
नेपाली फिल्ममा समेत अभिनय गरेका बलिउड अभिनेता प्रदीप रावतको निधन
-
रक्त क्यान्सर दोहोरिएपछि अभिनेता प्रदीप रावतको निधन, पत्नी कल्याणीले गरिन् पुष्टि
-
कमेन्ट सेक्सन बन्द गर्दै निर्मल पुर्जाको निधनको एक हप्तापछि नम्रताको श्रद्धाञ्जली– ‘अब शान्तिसँग विश्राम गर्नुहोस्’
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको घोषणा– ‘श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द’