आज १७ औं ‘किड क्विन नेपाल-२०१९’ को ग्राण्ड फिनाले

काठमाडौं – ‘किड क्विन नेपाल–२०१९’ को ग्राण्ड फिनाले आज शत्रिवार सञ्चालन हुँदैछ । जमलस्थित राष्ट्रिय नाचघरमा बालिका तथा किशोरीहरुको प्रतिभा प्रस्फूटन गर्ने यो प्रतियोगिता दिउँसो २ बजेदेखि प्रारम्भ हुनेछ । नेप्लीज फेसन होमले आयोजना गर्दै आइरहेको यसपटकको ‘किड क्विन नेपाल–२०१९’ सत्रौं संस्करणको रुपमा आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा इलिजा गुरुङ, अभिश्री तिवारी, निमिषा श्रेष्ठ, सुप्रिया तामाङ, अदिष्टा भण्डारी, राषु पन्त, सान्भी बानिया, मनिषा राई, सुप्रीया विष्ट, प्रकृना प्रधानाङ्ग, प्राची किबानायो, स्नेहा प्रजापति, कृष्मा ढुंगाना, श्रेया जरेजु, रोषिका लामा, सरु खोटेजु, स्नेहा रजक, निशा बिक, रितिका थापा, आयुष वाइवा आदिले भाग लिएका छन् ।

प्रतियोगितामा किड क्विन नेपाल–२०१९ को उपाधि जित्ने प्रतियोगले नगद दश हजार रुपैयाँका साथमा आकर्षक क्राउन र विभिन्न उपहारहरु प्राप्त गर्नेछिन् ।

प्रतियोगितामा फस्ट रनर्स अप, सेकेण्ड रनर्स अप, मिस ट्यालेन्ट, सोसल वेलफेयर एम्बासडर, फोटोजेनिक, कल्चर, डिसिप्लिन, एलिगेन्ट, पर्सनालिटी, स्माइल, चार्मिङ जस्ता शीर्षक उपाधिले सम्मानित गरिनेछ ।

यसअघि गत शनिवार प्रज्ञा भवनमा आयोजित ट्यालेन्ट शोमा प्रतियोगिहरुले आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

यो प्रतियोगिताले बालिका तथा किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने लक्ष्य लिएको आयोजक संस्थाकी निर्देशक हेमा मानन्धर बताउँछिन् ।