किन खुसुक्क हिँडे कलाकार निर्मल शर्मा !

काठमाडौं– चलचित्रकर्मी निर्मल शर्मा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । सामाजिक समस्यादेखि नेपाली चलचित्र क्षेत्रसंग विसंगतिसमेतका रोचक स्टाटसहरु लेखेर उनले आफ्ना मनका भावनाहरु पोखिरहेका हुन्छन् ।

पछिल्ले पटक उनले निके घतलाग्दो एउटा स्टाटस लेखेका छन्, तर निकै रमाइलो शैलीमा ।

कलाकार शर्माले लेखेका छन्– ‘हिजो बालुवटारको कफी पसलमा मसँग एक महानुभावले ‘राष्ट्रका गहना’ भन्दै सेल्फी खिच्नुभयो । सोच्न बाध्य भएँ । कहालीलाग्दो अहिलेको चलचित्र क्षेत्र अनि हरेक हप्ता ३ ४ करोड डुबि नै रहेको बारे न म केही पहल गर्छु, न त म सिमा अतिक्रमणविरुद्ध बोल्छु, न त देश र जनताका लागि केही गर्छु । म त सम्मान, अवार्ड, समाचार, रमझम र आयोजक प्रायोजकमै मस्त रहने मान्छे, कसरी राष्ट्रका गहना, लाजै लाग्यो अनि खुसुक्क हिडें ‘

कलाकार शर्माले आफ्नै उदाहरण दिएर रमझममै रमाउन रुचाउने नेपाली कलाकारहरुविरुद्ध नै चोटिलो व्यंग्य कसेको बुझ्न खासै गाह्रो गर्दैन ।