सलिनमानको सुन्दर जोडी

काठमाडौँ– अभिनेता सलिनमान बनियाँ सामाजिक सञ्जालमा खासै सक्रिय हुँदैनन् । फेसबुक तथा इन्स्टाग्राममा बिरलै झुल्किने लजालु स्वभावका यी अभिनेताले गत वैशाखमै आफ्नी प्रेमिकाको बारेमा सार्वजनिक रुपमै खुलासा गरेका थिए ।

चलचित्र ‘ए मेरो हजुर २’ बाट डेब्यु गरेका सलिनमानको दोस्रो चलचित्र यात्रा व्यवसायिक रुपमा औषत रहेको थियो । चलचित्र यात्रा प्रदर्शन भैरहेको अवसर पारेर सलिनमानले आफ्नी प्रेमिका सार्वजनिक गरेका थिए । उनले आफ्नो फेसबुकमार्फत नै रिलेसनसिप स्टाटस सार्वजनिक गरेका थिए । मेकअप आर्टिष्ट अस्प्रिना श्रेष्ठसँग प्रेममा रहेको उनको घोषणा थियो । लामो समयदेखि आफु प्रेममा रहेको उनले बताएका थिए ।

अहिले आएर उनले आफ्नो फेसबुक पेज तथा इन्स्टग्राममा आफ्नो जोडीसहितको तस्बिर राखेका छन् । तस्बिरसंगै सलिनमानले क्याप्सनमा लेखेका छन्—माई लाइफ, माइ एभ्रिथिङ अर्थात मेरो जीवन, मेरो सबैथोक । क्याप्सनसंगै प्रेममय इमोजी समेत राखेका छन् ।

यति भएपछि सलिनमानका फ्यानहरुलाई के चाहियो र ? फेसबुक र इन्स्टामा लायक र कमेन्टको वर्षा भैरहेको छ । अधिकांशले उनीहरुको जोडीलाई सुन्दर भनेका छन् भने सफल प्रेमको शुभकामना समेत दिएका छन् । सलिनमान र एस्प्रिनालाई हाम्रो पनि वधाइ ।

View this post on Instagram

My life ❤️ my everything 😘

A post shared by Salin Man Bania (@salinmanbania) on