एयर इन्डियाको विमान ३०० फिट तल झरेको घटनामा नयाँ मोड, एक पाइलटको डोप टेस्ट ‘पोजिटिभ’ आएको दावी
नयाँ दिल्ली- केही दिनअघि तीव्र टर्बुलेन्समा परेर करिब ३०० फिट तल झरेको एयर इन्डियाको फुकेट–दिल्ली उडान का पाइलटहरूको डोप (औषधि परीक्षण) गरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, निर्धारित स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर अनुसार दुवै पाइलटको परीक्षण गरिएको थियो । स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारमा एक पाइलटको डोप परीक्षणको नतिजा ‘पोजिटिभ’ आएको दावी गरिएको छ । घटनाको पूर्ण अनुसन्धान नसकिँदासम्म दुवै पाइलटलाई उडान ड्युटीबाट हटाइएको बताइएको छ ।
हाल उक्त घटनाको अनुसन्धान भारतको नागरिक उड्डयन महानिर्देशनालयले गरिरहेको छ । भारतीय नागरिक उड्डयन मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार डीजीसीएको अनुसन्धान प्रतिवेदन आएपछि थप अनुसन्धान एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्युरोबाट गराउने वा नगर्ने निर्णय गरिनेछ ।
यता एयर इन्डियाका प्रवक्ताले भने डोप परीक्षणको नतिजा कम्पनीलाई प्राप्त नभएकाले यसबारे कुनै टिप्पणी गर्न नसकिने बताएका छन् । उनका अनुसार लागू नियमअनुसार उडानपछि दुवै पाइलटको स्क्रिनिङ परीक्षण गरिएको थियो, तर त्यसको नतिजा एयर इन्डियासँग साझा गरिएको छैन ।
प्रवक्ताले एयर इन्डियाले नागरिक उड्डयन नियमअनुसार चालक दलका सदस्यहरूको नियमित ड्रग परीक्षण गर्ने र आवश्यक परे अनुसन्धानमा पूर्ण सहयोग गर्ने पनि बताएका छन् ।
गत ४ अगस्ट मा फुकेटबाट दिल्लीतर्फ उडिरहेको एआई २३७९ उडान तीव्र टर्बुलेन्समा परेको थियो। त्यस क्रममा विमान अचानक करिब ३०० फिट तल झरेको थियो। घटनापछि २४ जना यात्रु स्वास्थ्य समस्या देखिएपछि अस्पताल लगिएको थियो । भारतका नागरिक उड्डयनमन्त्री राममोहन नायडू किंजरापुले अधिकांश यात्रुलाई केही घण्टामै अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिएका थिए ।
-
शिक्षकले खोरियामा थालेको खेती किन अहिले मन्थलीदेखि काठमाडौंसम्म चर्चामा छ?
-
सन्तोष सेनको नयाँ फिल्ममा कुल ब्वाइ की प्रदीप खड्का ? के भन्छन् निर्देशक
-
एक जना बच्चाका कारण टोरन्टो जाने विमान नै रद्द, यात्रुले २४ घण्टा सास्ती पाए
-
इन्फा अवार्ड–२०२६ को तयारी तीव्र, याक एण्ड यति होटलमा साउन ३० गते यी चर्चित कलाकारको विशेष प्रस्तुति
-
दीपकराज गिरीको सिंहदरबार र सिंह’ को कटाक्ष को तर्फ ?