प्रियंकाको बोल्ड लुक

काठमाडौं- अभिनेत्री प्रियंका कार्की एक चर्चित अभिनेत्री हुन् । आफ्नो काम र रुपका कारण हजारौं प्रशंसकको मन जित्न सफल अभिनेत्री हुन् प्रियंका । उनी समयसमयमा फिल्म बाहेक अन्य कुराहरुले पनि चर्चामा आइरहन्छिन् । केहि समय अगाडि इन्डोनेसियाको बालीमा आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसंगका रोमान्टिक फोटोहरु शेयर गरेको चर्चा सेलाउन नपाउँदै उनले फेरी अर्को फोटो शेयर गरेकी छिन् । प्रियंकाको यो फोटो अहिले चर्चाको बिषय बन्न पुगेको छ । जसमा उनलाई कालो टु पिसमा देखिएको छ । प्रियंकालाई यो तस्विरमा निकै बोल्ड देखिएको छ । सोमबार बिहान उनले आफ्नो इन्स्टामा यो फोटो पोस्ट गरेकी हुन् । त्यसो त अभिनेत्री कार्की सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी धेरै समय आफ्नो दैनिकीलाई ईन्स्टा स्टोरीमा अपडेट गरिरहेकी हुन्छिन् । तर उनको यो तस्विर प्रति प्रशंसकहरुको राम्रो नराम्रो मिश्रित प्रतिक्रिया आइरहेको छ ।