नेपाल र अमेरिकामा विशेष प्रदर्शन हुँदै ‘फिच्यो’
काठमाडौं – फिल्म ‘फिच्यो’ अर्थात ‘कान्छी
छोरी’को विषेश प्रदर्शन हुने भएको छ ।
सार्वजनिक प्रदर्शन अगाडि फिल्मको नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए ।
‘स्वदेश तथा विदेशबाट फिल्मको माग भइरहेको छ’ निर्देशक विकाशले भने-‘फिल्मको रिलिज माहोल बन्न नसकेकोले केही विषेश प्रदर्शन गर्न लागेका हौं ।’
फिल्म नेपाली, अंग्रेजी र गुरुङ गरेर तीन भाषामा
निर्माण भएको छ । विकाशका अनुसार गुरुङ र तमुहरुको महान चाड ल्होसारको अवसर पारेर पुस ३ गते काडमाडाैंको रानीदेवी पार्टी प्यालेस र यही अवसर पारेर अमेरिकामा युनाइटेट गुरुङ एसोसियसन अफ अमेरिका (युजिएसए) ले फिल्मको विषेश प्रदर्शन गर्न लागेको हो ।
फिल्ममा विश्वास गुरूङ, ईन्द्र घले (काशी), टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ, पेम्बा छिरिड शेर्पा, सिर्जना गुरुङ, विरुप घले आदि कलाकारले अभिनय गरेका छन् ।
गुरुङ समुदायको रितिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको फिल्म स्वदेशका आकर्षक लोकेसनमा छायांकन भएको छ ।
विषयवस्तु र कथा–पात्र सुक्ष्म रुपले केलाएर प्रस्तुत गर्ने निर्देशक विकासले फिल्म आम नेपाली सबैको रुचिलाई ध्यानमा राखेर निर्माण भएको बताए ।
रेड ओसियन ईन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको फिल्म निर्देशक विकासले नै लेखेका हुन् । प्रकाश गुरुङ (काश) काे छायांकन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत छ ।
फिल्ममा लेखन, निर्देशन तथा सम्पादन
विकाश घलेकै रहेको छ । फिल्म नृत्य गोरे गुरुङको रहेको छ । फिल्मले बिग्रँदो सामाजिक परिस्थितीले
कर्मठ र जेहेन्दार युवालाई कसरी असर पुऱ्याउँछ भन्ने देखाउन खोजिएको छ ।
-
यस्तो छ तपाईँको आज
-
हराएको सूचनाबाट दुःखद अन्त्य: सानिमा क्यापिटलकी कम्प्लायन्स अफिसर रश्मी रिजाल आफ्नै कारभित्र मृत फेला
-
कारभित्र महिलाको जलेको शव फेला
-
सिभिल सहकारीका बचतकर्ता भन्छन् , ‘अदालतको आदेशले सम्पत्ति जोखिममा पर्यो, हस्तक्षेप आवश्यक छ’
-
नेपाली कला-साहित्य राष्ट्रको आत्मा हो’: सभामुख डोलप्रसाद अर्याल
-
गायक यम बरालको स्वास्थ्यमा उल्लेखनीय सुधार, चाँडै अस्पतालबाट हुँदैछन् डिस्चार्ज
-
९ लाख ठगीको आरोपमा हास्य कलाकार नारद खतिवडा पक्राउ
-
अष्ट्रेलियामा पहिलो पटक ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
कलाको आवरणमा अश्लीलताः सामाजिक यौन कुण्ठाको ऐना
-
हराएको सूचनाबाट दुःखद अन्त्य: सानिमा क्यापिटलकी कम्प्लायन्स अफिसर रश्मी रिजाल आफ्नै कारभित्र मृत फेला