फिल्म ’च च हुई’ को दोस्रो गीत ’सिल्की सिल्की’सार्वजनिक

काठमाडौं -यसवर्षको विजय दशमीले नेपाली घरमा प्रवेश गरिसकेको छ । नेपालीहरु चाडपर्वको मुडमा रहदै गर्दा नेपाली फिल्म ’च च हुई’ को दोस्रो गीत सार्वजनिक भएको छ ।

सार्वजनिक पहिलो गीत ’सिल्की सिल्की’ बालको सफलतापछी यतिबेला दोस्रो गीत ’जवानी’ सार्वजनिक गरेको छ । सार्वजनिक आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्मा देखिएकी छिन् । केहि दिन अगाडी बालाजु स्थित एनएफडिसीमा भव्य सेट लगाएर गीतको छायाकन गरिएको थियो । शिशिर खातीको कोरियोग्राफीमा तयार गीतलाई आकर्षक देखाउँन निर्माण पक्षले केहि सम्झौता गरेको छैन । गीतमा आर्यन र एलिशाको ग्लामर अवतारलाइ समेटिएको छ । गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द रहेको छ भने यसलाई रोशन थापाले संगीत भरेका हुन् ।

लुटको उध्रेको चोली र जात्राको नोट नोट जस्ता गीत तयार पारेर चर्चामा आएका रोशनले यस गीतमा स्वर पनि दिएका छन् । उनलाई गायनमा सुमन गुरुङले साथ् दिएका छन् । आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्ममा निर्देशन र सम्पादन साम्तेनको रहेको छ । फिल्ममा आर्यनसागै भोलाराज सापकोटा , मिरुना मगर , माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ । फिल्म रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसैफिल्म मार्फत निर्माणमा आउँदैछन् ।

यसमा सुशन प्रजापतिको छायाकन रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

आर्यन सिग्देल स् फिल्म च च हुई विशेष छ मेरो लागि । किनकी यो मेरो फ्यानको लागि एउटा पूर्ण प्याकेज हो । यसलाइ हामीले पूर्ण मनोरन्जनात्मक शैलीमा तयार गरेका छौ । सार्वजनिक गीतमा काम गर्दा निकै रमाइलो भयो । धेरै पछी आइटम गीतमा देखा परेको छु । गीतको ताल सागै आफुलाई प्रस्तुत गर्ने कोसिस गरेको छु । यस फिल्ममा पछिल्लो समय दर्शकले खोज्नु हुने सबै किसिमको गीत छ । सिल्की सिल्की पछी जवानी बोलको गीत ल्याएका छौ । यसपछि एउटा लभ सङ पनि छ । फिल्मले नेपालको सुन्दरतालाई समेत देखाउनेछ । किनकी यसको अधिकांस छायााकन रमणीय हिमाली भेगमा गरिएको छ ।
अमृत घोले लामा स् पहिलो फिल्म हो तर म नेपाली फिल्मको राम्रो दर्शक हुा । त्यसैले पनि सक्दो मेहनत गरेको छु । हामीले दसौ तिहारमा दर्शक तथा श्रोताको मुडलाई लक्षित गर्दै गीत ल्याएका हौ । गीतमा हाम्रो पक्षबाट कुनै सम्झौता गरिएको छैन । एउटा क्वालिटीको गीत दर्शक तथा श्रोता मााझ पुर्याउने हाम्रो चाहना हो । गीत संगीत फिल्मको महत्वपूर्ण पाटो हो , त्यसैले यसमा पनि निकै ध्यान दिएका छौ । हामीले सकेको कोसिस गरेका छौ , बााकी त दर्शककै हातमा छ ।