‘सरौतौ’ अभिनेत्री सुमीले यसरी मनाइन् जन्मदिन

काठमाडौं- कार्तिक २२ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘सरौतो’ को दुई गीत र एक टिजर सार्वजनिक भइसकेका छन् । चलचित्रको पहिलो गीत ‘कुले दाइ’ लोकप्रिय हुँदै गर्दा निर्माण पक्षले चलचित्रको टिजरपछि दोस्रो गीत ‘केहि आधा’ सार्वजनिक गरेको थियो । अघिल्लो गीत कुले दाइमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंह देखिएका थिए भने टिजरमा दर्शकले सुमीको एक्सनलाई देखाईएको थियो । रिभेन्ज स्टोरी भनिएको चलचित्रमा सुमीको एक्सन अवतारले टिजरबाटै चर्चा पाएको थियो ।

यसैक्रममा अभिनेत्री सुमीले आफ्नो पछिल्लो जन्मोत्सव काठमाण्डौ बहिरा संघमा मनाएकी छिन् । गैरीधारामा रहेको संघमा पुगेर केक काट्दै उनले आफ्नो जन्मदिनको खुसियाली साटेकी हुन् । आफ्नो क्यारेक्टरको लागि उनले त्यहाँ केहि समय बिताएकी थिइन् , त्यसै क्रममा उनि नजिक भएकी हुन् । केक काट्दै उनले त्यहाँ उपस्थितसँग कुराकानी गर्नुका साथै फलफुल पनि वितरण गरेकी थिइन् । असोज २३ मा उनले आफ्नो जन्मोत्सव मनाएकी हुन् । ‘निकै खुसि लाग्यो उहाहरुसँग जन्दिन्को खुसि साट्न पाउँदा’ सुमी भन्छिन्- ’उनीहरुसँग कुरा गर्दा लाइफमा झनै प्रेरणा मिल्यो ।’ म्युजिक भिडियो र एडमा चिनिएको नाम हरी हुमागाईं यसै चलचित्रमार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । सिनेम्याटोग्राफीमा स्थापित नाम हरीले चलचित्रको कथावस्तुकै कारण आफु निर्देशनमा आएको बताउदै आएका छन् ।

चलचित्रमा सुमी र सन्नी सिंह , लियो ट्यांक , विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ । विजय , युवराज र धिरेनको उपस्थितिले दर्शकलाई पुरानो दिनको याद गराउन सक्छ । सिनेम्याटोग्राफीमा बलियो नाम हरी हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ , सिम्रौनगढ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।