दर्शकको मन जित्दै लभ यू हमेशाको शीर्ष गीत

काठमाडौं- चलचित्र ‘लभ यु हमेशा’ शीर्षक गीतशीर्ष गीतलाई दर्शकले मन पराएका छन् । कार्तिक २२ गते (नोभेम्बर ८) नेपाल र त्यसभन्दा अघिल्लो शुक्रबार अर्थात् कार्तिक १५ (नोभेम्बर १)  मा भारतमा प्रदर्शन हुने यो चलचित्रको उक्त गीतमा अभिनेता यशराज गराच तथा अभिनेत्री फिजा योन्जन फिचर छन् ।

फिलिपिन्सको समुन्टी तटमा खिचिएको गीतमा प्रताप दास र श्रेया सोताङको स्वर छ । भासुको शब्द र संगीत रहेको गीतको भिडियो कोरियोग्राफी भने रामजी लामीछानेले गरेका हुन् ।

धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको यो चलचित्र भारतको कालिम्पोङ्ग, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो ।

चलचित्रमा यशराज र फिजाका साथमा ऋचा थापा , गोपाल ढकाल छन्दे, शिशिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

शिव ढकालद्वारा छायांकन गरिएको यो चलचित्रको उक्त गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र एनबी महर्जनको द्धन्द्ध निर्देशन छ ।

रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले बितरण गर्ने यो चलचित्रमा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको बताइन्छ ।