चलचित्र ‘सरौतो’ मा भिटेनको गीत (भिडियो)

काठमाडौं- युवा पुस्तामाझ भिटेन (समिर घिसिङ) लोकप्रिय मानिन्छन् । उनका गीतले ट्रेण्डिङको शिर्ष स्थान पाउनुले नै उनको फ्यान फअर्सलाई प्रस्ट्याउँछ ।

र्यापमार्फत उदाएका भिटेनले मंसिर १३ गते रिलिज हुन लागेको चलचित्र सरौतो’को प्रमोशनल गीतमा आवाज भरेका छन् । शिर्ष गीतमा भिटेनकै शब्द तथा संगीत पनि छ ।

चलचित्रचित्रको टिजर मन परेपछि भिटेनले गीत तयार गरेका हुन् । यो गीतको भिडियोमा भिटेन आफै पनि देखिएका छन् । उनले पहिलो पटक नेपाली चलचित्रको लािग तयार पारेको गीतलाई निर्माण पक्षले सार्वजनिक गरेको हो ।

गीतमार्फत भिटेनले अन्याय सहन नहुने भावना व्यक्त गरेका छन् । गीतमा भिटेनको साथमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान पनि देखिएकी छिन् । गीतलाई तिहारको छेकोमा छायांकन गरिएको हो । गीतमा भिटेन केहि फरक अन्दाजमा प्रस्तुत भएका छन् ।
चलचित्रकै थिमअनुसार गीतलाई तयार गरिएको छ । रुथलेस बिट्जको संगीत र मिक्सिङ्ग रहेको गीतले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको रहेको छ । गीतलाई ’सरौतो’ टाइटलमै रिलिज गरिएको हो भने यसको भिडियोलाई समीर गुरुङले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियो र एडमा चिनिएको नाम हरीले यसै फिल्ममार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । यसमा सुमीसँगै लियो ट्यांक,  सन्नी सिंह,  आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, विजय लामा, धिरेन शाक्य , युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ ।

चलचित्रमा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वानक्रिएसन , राइजिङ्गफिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रलाई रिभेन्ज स्टोरी भनिएको छ ।

चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तमहुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , प्रविनमानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ ।

यसमा राजन राजशिवाकोटी , पुष्पनप्रधान , कमलखत्री , भिटेनको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलनअमात्य , भिटेन, श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमामुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको चलचित्रलाई उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।