पूर्व राजाले एलओडीमा डान्स गर्दा नेपाली कलाकारको यस्तो प्रतिक्रिया

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो परिवारका केही सदस्यहरुसहित ठमेलको एलओडी क्लबमा रमाइलो गरेको प्रसंग यतिबेला चर्चामा छ । अझ ज्ञानेन्द्र शाहले नृत्य नै गरेपछि उक्त प्रसंगले थप चर्चा पाएको हो । सामाजिक सञ्जालमा भाइरल भैरहेको नृत्य गरिररहेको उक्त भिडियो सार्वजनिक भएपछि आम सर्वसाधारणसहित सेलिब्रेटीले पनि प्रतिक्रिया जनाएका छन् ।

चलचित्रकर्मी दीपकराज गिरी लेख्छन्-‘वैचारिक कारण राजा ज्ञानेन्द्र कहिल्यै मन परेन मलाई….तर ब्यक्ति ज्ञानेन्द्र चाहि स्वयं एउटा पाठशाला हो । सबै कुरा गुमाउँदा पनि यो मुस्कान, यो स्वच्छन्दता…जिन्दगी बॉच्ने कला उहॉले भन्दा बढि कस्ले सिकाउन सक्छ…..।’

संगीतकार अर्जुन पोखरेलले लेखेका छन्- ‘त्यो पद र प्रतिष्ठामा भएको मान्छे, जनताको चाहना अनुसार सामान्य नागरिक सरह भए , त्यही नागरिकको हैसियतमा क्लब गए, मनलाई आनन्द बनाए, के बिगारे त बिरोध गर्ने ? भोलि जनताले चाहेमा उनका सन्तानले पनि त प्रधानमन्त्री, राष्ट्रपति बन्न सक्छन् । आखिर नेपाली नागरिक हुन क्यार । फेरि ज्ञानेन्द्र शाहको चै फ्यान हुनै नहुने नि हैन । उहाँलाई साथ दिने भिडलाई, उहाले सम्बोधन गर्नु स्वभाविकै हो ।  ज्ञानेन्द्र शाह जसरी जिवन जिउनलाई ठुलो आाट साहस र आफैंमा अतिनै आत्मिक बल हुनु पर्छ । सााच्चै जीवनको आनन्द स्वीकारभाव मै छ, जो कसैले यसरी सहजै स्विकार्न सक्दैन । म उहाँको जीवनबाट अति नै प्रभावित छु ।

गायक तथा संगीतकार शान्तिम कोइराला लेख्छन्–’गुमाउनलाई आफैँले लिएर आएको कोसँग के छ रु संयोगले पाएको जीवनमा सास रहुन्जेल खुशी भए भैगो त !’

गायक सञ्जय श्रेष्ठ लेख्छन्-‘प्यारा राजा अनि रातो र चन्द्र सुर्य , जङ्गी निशान हाम्रो ।’

चलचित्रकर्मी दीपकराज गिरी लेख्छन्-‘वैचारिक कारण राजा ज्ञानेन्द्र कहिल्यै मन परेन मलाई….तर ब्यक्ति ज्ञानेन्द्र चाहि स्वयं एउटा पाठशाला हो । सबै कुरा गुमाउँदा पनि यो मुस्कान, यो स्वच्छन्दता…जिन्दगी बॉच्ने कला उहॉले भन्दा बढि कस्ले सिकाउन सक्छ…..।