चलचित्र ‘सरौतो’ लाई सकारात्मक प्रतिक्रिया

काठमाडौं- शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ’सरौतो’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेका छन् । एक्सन रिभेन्ज स्टोरी रहेको चलचित्रको प्रस्तुतीकरणको सबैले प्रशंसा गरेका छन् ।

अभिनेत्री सुमी मोक्तानको एक्सनको चर्चा पनि उत्तिकै छ । सुमीले एक्सन गर्ल बन्न नै निकै परिश्रम गरेकी थिइन् । झन्डै २ वर्षको सिकाइपछि उनले आफुलाई उक्त रोलको लागि फिट बनाइन ।

छायाँकार हरि हुमागाईंको डेव्यु निर्देशन रहेको चलचित्रको एक्सन र सस्पेन्सलाई विशेष गरी रुचाइएको छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्रले नेपाली सेलिब्ेटीहरुलेउले पनि उत्तिकै रुचाए ।

रिलिजकै दिन चलचित्र ‘सरौतो’को विशेष शो राखिएको थियो । जहाँ मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, दिपकराज गिरी, केदार घिमिरे लगायतले चलचित्रबारे सकारात्मक प्रतिक्रिया दिए ।

चलचित्रमा सुमीसँगै लियो ट्यांक , सन्नी सिंह , आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , विजय लामा , धिरेन शाक्य , युवराज लामा, मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ ।

बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचत्रमाराघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहेको छ ।

यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , भिटेनको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , भिटेन, श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको चलचित्रलाई उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गरेको हो ।

चलचित्र हेरेपछि कसले के भने

मदनकृष्ण श्रेष्ठ – चलचित्र निकै रमाइलो छ , चाइनिज या जापनिज फिल्म हेरेजस्तो लाग्यो । एक्सन तारिफ योग्य छ , साथै यसको प्रस्तुतीकरण पनि उतिकै ससक्त छ । यसले अन्याय सहनु हुदैन भनेर हौसला बढाउछ । फिल्म हेर्दा रमाइलो लाग्यो , दर्शकले मनोरंजन पाउछन् ।

हरिवंश आचार्य- टेक्निकल्ली चलचित्र निकै बलियो छ । कलाकारको अभिनयले पनि दर्शकलाई सन्तुष्ट बनाउछ । मलाइ चलचित्र मन पर्यो । नेपालमा एक्सन चलचित्र यो लेभलको बन्छ भन्ने सोचेको थिइन् । कमै चलचित्र छन्, जसको एक्सनको तारिफ गर्न सकिन्छ र त्यस मध्यको एक सरौतो हो ।

दीपकराज गिरी- चलचित्र मनोरंजनको प्याकेज हो । टेक्निकल्ली त हरि जी भएकोले निकै बलियो छ । एक्सन रुचाउनेको लागि यो मनोरन्जक बन्छ ।

केदार घिमिरे- चलचित्र राम्रो लाग्यो । भावनात्मक पनि बनाउछ । र , मुख्य कुरा यसले अन्याय सहनु हुदैन भन्ने ज्ञान दिन्छ । महिलालाई अझै हौसला थप्छ । हाम्रो आफ्नै कथा हो , सरौतो ।