‘सँगसँगै’ को शुभमुर्हत सम्पन्न

काठमाडौं- निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा चलचित्र ‘सँगसँगै’ निर्माण हुने भएको छ ।

साथी–साथीबीचको सम्बन्ध र समर्पणको कथामा निर्माण हुने चलचित्रको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुर्हत गरिएको हो ।

चलचित्रमा सौगात मल्ल, मुकुन भुसाल, सुष्टि श्रेष्ठ र आश्मा गिरी मुख्य भूमिकामा छन् । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रको शुभमुर्हत सर्टको निर्देशन ऋषिराज आचार्यले गरेका थिए भने क्यामेरा स्वीच अन चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईले गरेका थिए । त्यसैगरी, निर्माता तथा बितरक करण श्रेष्ठले क्ल्याप ठोके भने चलचित्र पत्रकार संघका उपाध्यक्ष दिनेश सिटौलाले नरिवल फोडेका थिए ।

चलचित्रमा बिकास चापागाई, रश्मी भट्ट,सबिता रेग्मी,आलम खान, बिशाल पहाडी,सूर्य श्रेष्ठ,रामशरण दुलाललगायतका कलाकारले पनि  अभिनय गर्नेछन्  ।

तोरण क्षेत्री, बिष्णु लामीछाने,रोशन केसी र बिष्णबहादुर क्षेत्री निर्माता रहेको फिल्म शिब ढकालले खिच्ने छन् भने ताराप्रकाश लिम्बूको संगीत छ ।