सुरु भयो चालबाजको छायांकन

काठमाडौं- चलचित्र चालबाजको छायांकन घोषणा गरिएको छ । यो चलचित्रको छायांकन भोलि शनिवारदेखि दार्जिलिङबाट सुरु हुनेछ । मिरिकमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।

सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा यो चलचित्रको  निर्माण हुन लागेको हो ।

अरुण तामाङको लगानीमा बन्न लागेको यो चलचित्रलाई कैलाश राईले निर्देशन गर्दैछन् । यो चलचित्रमा केकी अधिकारी तथा वुद्धि तामाङको साथमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहनेछ ।

यी कलाकारको साथमा चलचित्रमा महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको मुख्य भूमिका रहनेछ ।
चलचित्रमा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत, विपिन

किरणको शब्द रहनेछ । चलचित्रका प्रोडक्शन म्यानेजर सुदिप ढकाल हुन् ।

यो चलचित्रलाई सस्पेन्स लभ स्टोरी कथामा निर्माण गर्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ ।