‘सेल्फी किङ’ को ट्रेलर सार्वजनिक

काठमाडौं- अभिनेता विपिन कार्कीलाई हास्य कलाकारका रुपमा प्रस्तुत गरिएको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । विशाल सापकोटा निर्देशित फिल्मले एक कमेडियनको कलाकारिताको सुखद र दुःखद पाटोलाई प्रस्तुत गरेको छ ।

दिनेश राउत र सुभाष थापाले निर्माण गरेको फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको पनि अभिनय छ । निर्देशक सापकोटाले एक पत्रिकामा भेटिएको लेखलाई कथात्मक रुपमा फिल्ममा प्रस्तुत गरेको बताए ।

माघ २४ गते रिलिज हुने फिल्ममा सापकोटाकै लेखन छ । फिल्ममा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ । सुभाष थापा प्रोडक्सन र पिक्चर फ्रेम फिल्म प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा प्रवल कोइराला र राजेश बिशुराल सह–निर्माता छन् ।