’पर्खि बसें’ को नया सिरिज दर्शक मााझ आउने तयारी

काठमाडौं – गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित सुपरहिट फिल्म ’पर्खि बसें’ को नया सिरिज दर्शक मााझ आउने भएको छ । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसंगको सहकार्यमा ’पर्खि बसें २’ निर्माण गर्ने भएको छ । गोपीकृष्ण मुभिजको निकिता पौडेल र हिमालयन मुभी स्टुडियोको बिनोद सापकोटा बीच विहिबार समहमती भएको हो । फिल्ममा निकिता र बिनोद निर्माता रहनेछन् भने प्रदीप दाहाल र तिर्थ प्रसाद पौडेल सह निर्माताको रुपमा रहनेछन् । विक्रम संवत २०६४ को चैत्र अन्तिममा प्रदर्शनमा आएको फिल्म ’पर्खि बसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए भने यसको दोस्रो सिरिजलाई ’लभ डायरिज’ निर्देशक सौभर चौधरीले निर्देशन गर्ने भएका छन् । फिल्ममा कथा पनि उनकै रहनेछ ।

पहिलो सिरिज झौ दोस्रोमा पनि सांगीतिक प्रेम कथा देखाइने सौरभले बताए । फिल्मलाई अल नेपाल वितरणको जिम्मा करण श्रेष्ठ अर्थात रीच इन्टरटेनमेन्टले पाएको छ । फिल्ममा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ । यसको पहिलो सिरिजमा राज बल्लभ कोइराला , युना उप्रेती , निखिल उप्रेती लगायतको अभिनय रहेको थियो । उक्त समयमा यसको गीतसंगीतलाइ दर्शकले रुचाएका थिए भने पछि फिल्म पनि सुपरहिट भएको थियो । गोपीकृष्ण मुभिजले निर्माण गर्ने भनिएको ’माइकल अधिकारी’ आउादो माघबाट फ्लोरमा जादैछ । त्यसपछि यो टिमको ’पर्खि बसें २’ फ्लोरमा जाने सेड्युल रहेको छ । यसको रिलिज २०७७ सालमा हुनेछ । ’पर्खि बसें’ रिलिज भएको १३ वर्षपछि यसको दोस्रो रिलिज दर्शक मााझ आउान लागेको हो ।

सौरभ चौधरी स्( फिल्मको टिम क्याप्टेनको जिम्मेवारी पाउनु मेरो लागि अवसरसंगै चुनौती पनि हो । ’पर्खि बसें’ हिट भएपछी यसको दोस्रो सिरिजलाइ दर्शक सामु ल्याउदै छु । यो नाम पहिले दर्शक मााझ स्थापित भएकाले उहाहरुको एस्पेकटलाइ मिड गर्ने चुनौती छ नै । यो ब्राण्डको भ्यालु घट्ने दिने छैन भने बढाउन कुनै कसर बााकी राख्ने छैन । मेरो प्रयासनै यसको पहिलो सिरिज हेरेका दर्शकको मन जित्दै नयाा दर्शक पाउने हुनेछ । फिल्म म्युजिकल लभ स्टोरी नै हुनेछ भने यसले मायाको आभाष गराउने कोशिस मेरो रहनेछ ।