माघ १० मा अनुपविक्रमको ‘कमाण्डर’

काठमाडौं- अभिनेता अनुप विक्रम शाही स्टारर चलचित्र ‘कमाण्डर’ माघ १० गतेदेखि प्रदर्शन हुने भएको छ ।

एक्सन जनारामा निर्माण भएको यो चलचित्रलाई एलआर विवेक सापकोटाको निर्देशन गरेका हुन् ।

चलचित्रमा शाहीसँगै रोबिन तामाङ, प्रेम शर्मा, साधना शिलवाल, दिनेश केसी, कालु राना, यादव सिटौला, बिमला पुरी लगायतको अभिनय रहेको छ ।

‘कमाण्डर’ मा कथा तथा पटकथा निर्देशक सापकोटाकै रहेको छ ।

मनोज चौलागाईँको संगीत रहेको यस फिल्मलाई दिव्य सापकोटाले छायांकन गरेका हुन्।