पारिश्रमिक घोषणाप्रति स्वस्तिमाको व्यंग्य

काठमाडौं–अभिनेत्री स्वस्तिमा खड्काले नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय फेसनकै रुपमा विकसित भएको पारिश्रमिक घोषणा गर्ने शैलीलाई व्यंग्यातमक शैलीले आलोचना गरेकी छिन् ।

बुधवार कुमारी सिनेमा हलमा चलचित्र ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक गर्ने समारोहलाई सम्बोधन गर्दै स्वस्तिमाले आफूले भने जीवनमा कहिले पनि आफ्नो पारिश्रमिकको बारेमा कसैलाई केही नबताउने बताइन् ।

‘उहाँहरु कसरी त्यस्तो गोप्य कुरा बताउन सकिरहनु भएको छ, मलाई अचम्म लाग्छ, स्वस्तिमा महंगो पारिश्रमिक लिने अभिनेत्री तथा दिने निर्माताहरुलाई मान्ने पर्ने समेत बताइन् । ‘म आफ्नो उमेर बताउन सक्छु, उनी भन्दैथिइन्–‘तर आफूले चलचित्रमा अभिनय गरेर कति पारिश्रमिक लिएँ भन्ने कुरा कहिले पनि बताउँदिन ।’

त्यसो त स्वस्तिमाले आफू पारिश्रमिक हेरेर होइन चलचित्रको ब्यानर, निर्देशक तथा चलचित्रको स्क्रिप्ट हेरेर मात्र अभिनयका लागि तयार हुने समेत बताइन् । ‘पारिश्रमिक मेरो लागि सधैं दोस्रो प्राथमिकतामा पर्दछ, उनी भन्दै थिइन्–‘पहिलो कुरा मैले निर्वाह गर्ने चलचित्रको मेरो भूमिका नै शसक्त हुनु पर्छ ।’

विकास राज आचार्यद्वारा निर्देशित चलचित्र हजार जुनी सम्ममा स्वस्तिमाले आर्यन सिग्देलसंग अनस्क्रिन रोमान्स् गरेकी छिन् ।

यस्तो छ चलचित्रको ट्रेलर