‘पहुँचका आधारमा बजेट बाँड्ने परम्परा अन्त्य हुनुपर्छ ‘: सांसद बदन भण्डारी
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन भण्डारीले सरकारले ल्याउने बजेट न्याय, समतामूलक विकास र समानुपातिक आधारमा वितरण हुनुपर्ने बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसभन्दा अगाडि पहुँचको आधारमा हुने बजेट विनियोजन यस पटक अन्त्य हुनुपर्ने भन्दै सरकारलाई सचेत गराएका छन् ।
उनले भने, ‘हामीले सत्तारुढ दलको सांसद भएपनि सरकारलाई सचेत गराउने हिसाबले संसदमा प्रस्तुती राखेका हौं । यसपटकको बजेट न्यायको आधारमा, समतामूलक विकासको आधारमा, समानुपातिक आधारमा वितरण हुनुपर्छ । यसभन्दा अगाडि पहुँचको आधारमा हुने गर्दथ्यो यस पटक अन्त्य हुनुपर्छ भनेर सचेत गराएका हौं । योसँगै निर्वाचित क्षेत्रका तमाम विकासका योजनाहरु सम्पन्न गर्नुपर्ने छ ।’
उनले काभ्रेका एकिकृत खानेपानी दशकौं वर्ष अन्योलमा रहेको भन्दै सरकारको त्यसमा ध्यान केन्द्रित गरेका छन् । उनले भने, ‘म काठमाडौंबाट नजिकै रहेको काभ्रे क्षेत्र नम्बर २ को जनप्रतिनिधि हुँ । काभ्रेको विकासप्रतिका कुरा सरकारसँग जोड्नुपर्ने छ ।
सिंहदरवारका पर्खाल भन्दा होचा जनताहरुका विकासप्रतिको चाहना सिंहदरवारसम्म ल्याउनुपर्ने छ । सदनबाट जनताको कुरा उठाउनुपर्ने छ । काभ्रेमा एकिकृत खानेपानी बनेपा, धुलिखेल र पनौतिका लाखौ जनताले उपयोग गर्ने एकिकृत खानेपानी दशकौं वर्ष अन्योलमा छ । सरकारको त्यसमा ध्यान केन्द्रित गरेको हुँ ।’
यस्तै, श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले नीति, थीति र विधी बसाल्नका लागि विरोध गरेको बताए । ‘हामीले विरोधका लागि विरोध भने गरेका हैनौं । संसारभर हेर्दा सत्ता पक्ष र प्रतिपक्ष इमान्दार भएको खण्डमा परिणाम राम्रो आउने रहेछ । नीति, थिति र विधी बसाल्नुपर्छ भन्ने कुरा हो,’उनले भने ।
-
एलपी ग्यासको अभाव हो कि हल्लाको असर ? उद्योग संघले खोल्यो वास्तविकता
-
शिक्षकले खोरियामा थालेको खेती किन अहिले मन्थलीदेखि काठमाडौंसम्म चर्चामा छ?
-
सन्तोष सेनको नयाँ फिल्ममा कुल ब्वाइ की प्रदीप खड्का ? के भन्छन् निर्देशक
-
एक जना बच्चाका कारण टोरन्टो जाने विमान नै रद्द, यात्रुले २४ घण्टा सास्ती पाए
-
इन्फा अवार्ड–२०२६ को तयारी तीव्र, याक एण्ड यति होटलमा साउन ३० गते यी चर्चित कलाकारको विशेष प्रस्तुति