सार्वजनिक सवारीको दर्ता रोक्दै सरकार
(सांकेतिक तस्विर)
काठमाडौं- सरकारले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्तामा रोक लगाएको छ । यातायात व्यवस्था विभागले सातै प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा देशभरका स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्म नयाँ सार्वजनिक सवारीसाधन दर्ता नगर्न निर्देशन दिएको हो ।
विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण बढ्दै गएको, सडकमा सवारीसाधनको अत्यधिक चाप बढेको तथा ट्राफिक जामका कारण सर्वसाधारणको आवतजावत प्रभावित भएको भन्दै यस्तो निर्णय गरिएको हो ।
‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा १४ को उपदफा (३) मा वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित कारण देखिएमा कुनै पनि प्रकारका सवारीसाधनको दर्ता रोक्न सकिने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार विद्युतीय सार्वजनिक सवारीसाधनसमेत नयाँ दर्ता नगर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको विभागले जनाएको छ ।
-
कमेन्ट सेक्सन बन्द गर्दै निर्मल पुर्जाको निधनको एक हप्तापछि नम्रताको श्रद्धाञ्जली– ‘अब शान्तिसँग विश्राम गर्नुहोस्’
-
आदिवासी जनजातिको मौलिक संस्कृति र परम्परा नेपालको अमूल्य सम्पदा
-
एक साथ दुई फरक सिर्जनामार्फत आइन् देवकुमारी खड्गी
-
चीनमा अनुशासन सिकाउने ‘डिसिप्लिन उद्योग’, छ महिनाको शुल्क चार हजार डलरसम्म
-
वनकाली धर्मशालाको पर्खाल र परिसर निर्माणको शिलान्यास
-
आज कहाँ-कहाँ पुग्दैछ एलपीजी ग्यास ?
-
नेपाली फिल्ममा समेत अभिनय गरेका बलिउड अभिनेता प्रदीप रावतको निधन
-
रक्त क्यान्सर दोहोरिएपछि अभिनेता प्रदीप रावतको निधन, पत्नी कल्याणीले गरिन् पुष्टि
-
आगन्तुकको दुबईको ११ वर्षे अनुभव अब काठमाडौंमा, प्रीटि सलुनले थाल्यो अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा
-
सुक्न लागेको तुलसी फेरि हराभरा बनाउने पाँच सजिला उपाय
