सेलिब्रिटी सेफ सन्तोष साह पक्राउ
काठमाडौं- चर्चित सेलिब्रिटी सेफ सन्तोष साह पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई महोत्तरीबाट गएराति पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार चेक अनादर (बाउन्स चेक) सम्बन्धी मुद्दामा साहलाई नियन्त्रणमा लिइएको हो । पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यस विषयमा सन्तोष साह वा उनको पक्षबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । प्रहरीले मुद्दासम्बन्धी थप विवरण अनुसन्धानको क्रममा सार्वजनिक गरिने जनाएको छ ।
गैरीधारास्थित एक रेष्टुराँमा खरिदका क्रममा बैंकिङ कसुर गरेको आरोपमा साहविरुद्ध मुद्दा दर्ता भएको थियो । आरोपअनुसार उनले उक्त रेष्टुरेन्ट एक करोड ३० लाख रुपैयाँमा खरिद गरे पनि सम्झौताअनुसारको सम्पूर्ण रकम भुक्तानी नगरेको बताइएको छ ।
रेष्टुरेन्ट बिक्रीकर्ता शकुन्तला अधिकारी (थापा) ले बाँकी रकम नपाएको भन्दै साहविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दाको आधारमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई महोत्तरीबाट पक्राउ गरेको जनाएको छ ।
-
एलपी ग्यासको अभाव हो कि हल्लाको असर ? उद्योग संघले खोल्यो वास्तविकता
-
शिक्षकले खोरियामा थालेको खेती किन अहिले मन्थलीदेखि काठमाडौंसम्म चर्चामा छ?
-
सन्तोष सेनको नयाँ फिल्ममा कुल ब्वाइ की प्रदीप खड्का ? के भन्छन् निर्देशक
-
एक जना बच्चाका कारण टोरन्टो जाने विमान नै रद्द, यात्रुले २४ घण्टा सास्ती पाए
-
इन्फा अवार्ड–२०२६ को तयारी तीव्र, याक एण्ड यति होटलमा साउन ३० गते यी चर्चित कलाकारको विशेष प्रस्तुति