logo
    मङ्लबार, साउन २६, २०८३
मङ्लबार, साउन २६, २०८३

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने महानगरको घोषणा


  • आइतवार, जेष्ठ ३१, २०८३
  • 104
    SHARES

    ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने महानगरको घोषणा

    काठमाडौं- काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई लक्षित गर्दै घरमै स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।



    आइतवार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले जेष्ठ तथा अशक्त नागरिकसँग महानगर कार्यक्रम सञ्चालन गरिने बताइन् ।

    उनका अनुसार उक्त कार्यक्रममार्फत ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। साथै ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइनेछ ।

    उनले भनिन्,’ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर कार्यक्रम सञ्चालनगरी ज्येष्ठ तथा अशक्त नागरिकको घरमै स्वास्थ्य तथा परामर्श सेवा निशुल्क उपलब्ध गाराइनेछ । ७५ वर्ष पूरा भएका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त आपाङ्गता भएका महानगरबासीहरुलाई पोषण भत्ता उपलब्ध गराइने छ ।’

    महानगरले हाल सञ्चालनमा रहेको ‘एक वडा, एक नमुना कार्यक्रम’लाई थप प्रभावकारी र दिगो बनाउने लक्ष्यसहित संस्थागत गर्ने नीति पनि लिएको छ । यस कार्यक्रममार्फत प्रत्येक वडाको आवश्यकता र विशेषता अनुसार नमुना योजना कार्यान्वयन गरिने महानगरको भनाइ छ ।

    ‘एक वडा एक नमुना कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा दिगोपन सुनिश्चित हुनेगरी यस कार्यक्रमलाई संस्थागत गरिने छ,’ उनले भनिन् । महानगरले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममार्फत सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र स्थानीय विकासलाई प्राथमिकतामा राखेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा समाचार
    चर्चित