‘उच्च अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो’: सन्तोष साह, सेफ
काठमाडौं- बीबीसी मास्टरसेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साहले आफ्नो पक्राउ प्रकरणबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका कतिपय कुराहरु भ्रमपूर्ण रहेको प्रष्ट पारेका छन् ।
बुधवार पत्रकार सम्मेलन गर्दै साहले विवादित ४ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौंले गरेको फैसलाविरुद्ध उच्च अदालत जाने तयारी भइरहेका बेला हदम्याद बाँकी हुँदाहुँदै आफुलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।
एक महिना अघि पक्राउ पूर्जी आएपनि आफू भद्रकाली परिसरमा जाँदा किन पक्राउ नगरी जनकपुरबाट पक्राउ गर्ने काम भयो भन्ने उनले आशंका व्यक्त गरेका छन् । उनले सिला रेष्टुरेन्टको सम्पत्ति खरिदका लागि मिथिला थाली र आर्जव होल्डिङ्सबीच २ करोड २५ लाख रुपैयाँको सम्झौता भएको भन्दै सोही क्रममा आर्जव होल्डिङ्सको तर्फबाट बाँकी रहेको ४० लाख रुपैयाँ घरभाडा र २ लाख ७७ हजार ९९७ रुपैयाँ विद्युत् महसुलसमेत मिथिला थालीले सम्बन्धित पक्षलाई भुक्तानी गरेर सहजीकरण गरेको समेत स्पष्ट पारेका छन् ।
उनले मिडियामा २ करोड २५ लाखको कुरा चर्चामा आएको कुरा झुटो रहेको भन्दै ४ लाख पचार हजारको चेकको लागि पक्राउ गरिएको जानकारी दिए । उनले भने,’मिथिला थाली र आर्जव होल्डिङ्सबीच २ करोड २५ लाख रुपैयाँको सम्झौता गरेर सिला रेष्टुरेन्ट किनेको थियौं ।
म रारा ट्रेकिङमा गएको थिए । मेरो दाई र सहकर्मी साथिले सम्झौता गरेर १५ लाखको चेक दिएर चाबी लिनुभयो । उहाँको ४० लाख रुपैयाँ घरभाडा बाँकी थियो । त्यो मैले उहाँहरुको हिसाबमा काट्नेगरी उपलब्ध गराको थिए । उहाँलाई हामीले मलाई २ करोड २५ लाख रुपैयाँको पनि चेक दिएको थिए । अहिले मिडियामा आएको कुरा २ करोड २५ लाखको होइन । मलाई अहिले पक्राउ गरेको भनेको जम्मा ४ लाख पचार हजारको चेकको लागि भएको हो ।
उनले पछिल्लो समय चर्चामा आएको २५ लाख रुपैयाँको विवादबारे पनि स्पष्ट पार्दै उक्त रकम एकमुष्ट बाँकी नभई आर्जव होल्डिङ्सकै विभिन्न बैंक खातामा चरणबद्ध रूपमा रकम भुक्तानी गरिएको बताए । उनलले नबिल बैंकमार्फत १७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमार्फत ६ लाख रुपैयाँ तथा नेपाल बैंक लिमिटेडमार्फत ५ लाख २५ हजार रुपैयाँ गरी कुल २८ लाख २५ हजार रुपैयाँ बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको जनाए ।’
-
आदिवासी जनजातिको मौलिक संस्कृति र परम्परा नेपालको अमूल्य सम्पदा
-
एक साथ दुई फरक सिर्जनामार्फत आइन् देवकुमारी खड्गी
-
चीनमा अनुशासन सिकाउने ‘डिसिप्लिन उद्योग’, छ महिनाको शुल्क चार हजार डलरसम्म
-
वनकाली धर्मशालाको पर्खाल र परिसर निर्माणको शिलान्यास
-
‘आदिवासी जनजातिको विशिष्ट पहिचान नै नेपालको राष्ट्रिय गौरव हो’: राष्ट्रपति पौडेल
-
आज कहाँ-कहाँ पुग्दैछ एलपीजी ग्यास ?
-
नेपाली फिल्ममा समेत अभिनय गरेका बलिउड अभिनेता प्रदीप रावतको निधन
-
रक्त क्यान्सर दोहोरिएपछि अभिनेता प्रदीप रावतको निधन, पत्नी कल्याणीले गरिन् पुष्टि
-
आगन्तुकको दुबईको ११ वर्षे अनुभव अब काठमाडौंमा, प्रीटि सलुनले थाल्यो अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा
-
सुक्न लागेको तुलसी फेरि हराभरा बनाउने पाँच सजिला उपाय