मोटरसाईकल दुर्घटनमा परी घाईते भएका दुई जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
पोखरा– कास्की जिल्लाको मादी गाउँपालिका–५ स्थित काउरेमा सोमवार मोटरसाईकल दुर्घटनामा परी घाईते भएका दुई जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
सोही ठाउँको थाकदेखि काउँखोलातर्फ जाँदै गरेको ग ११ प ८९४० नम्बरको मोटरसाईकल गति अनिन्त्रित भई सडकबाट करीव ३० मिटर तल खसेको थियो ।
उक्त दुर्घटनाबारे अस्थायी प्रहरी चौकी, छाचोकले जानकारी गराए पश्चात सशस्त्र प्रहरी बल नेपाल अस्थायी मनसुन प्रतिकार्य सुरक्षा वेस, छाचोकबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्वार गरेको हो ।
दुर्घटनामा परी सोही गाउँपालिका–७ घर भई हाल रुपा गाउँपालिका–१ बस्ने ३४ वर्षीय आकाश मल्ल तथा सोही ठाउँको भुमरे बस्ने अन्दाजी ५७ वर्षिय टेक बहादुर मल्ल घाईते भएका छन् ।
उद्धार पश्चात उनीहरु दुवै जनालाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाईएको छ । घाईतेमध्ये टेक बहादुर मल्लको अवस्था भने गम्भिर रहेको बताइएको छ ।
-
बाढीपहिरो र कटानका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित
-
मध्यराति सलमान खानको धमाकेदार पोस्ट, सिक्सप्याक देखाउँदै ट्रोललाई दिए कडा जवाफ
-
कलाकार नारद खतिवडा भन्छन्– ‘निष्पाप थिएँ, अदालतबाट न्याय पाएँ’
-
यस्तो छ तपाईँको आज
-
हराएको सूचनाबाट दुःखद अन्त्य: सानिमा क्यापिटलकी कम्प्लायन्स अफिसर रश्मी रिजाल आफ्नै कारभित्र मृत फेला
-
गायक यम बरालको स्वास्थ्यमा उल्लेखनीय सुधार, चाँडै अस्पतालबाट हुँदैछन् डिस्चार्ज
-
९ लाख ठगीको आरोपमा हास्य कलाकार नारद खतिवडा पक्राउ
-
हराएको सूचनाबाट दुःखद अन्त्य: सानिमा क्यापिटलकी कम्प्लायन्स अफिसर रश्मी रिजाल आफ्नै कारभित्र मृत फेला
-
अष्ट्रेलियामा पहिलो पटक ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
कलाको आवरणमा अश्लीलताः सामाजिक यौन कुण्ठाको ऐना