अशोक प्यासी राईद्धारा संस्थानमा पदभार ग्रहण

काठमाडौं  – लामो समय चलचित्र पत्रकारितामा व्यस्त रहदै आएका अशोक कुमार प्यासी राई नेपाल सरकारको मन्त्री परिषद्बाट साास्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त भएका छन् ।
उनले सोमवार आफ्नो पदभार सम्हालेका छन् । राष्ट्रिय नाचघरमा रहेको महाप्रबन्धकको कार्यकक्षमा उनले आफ्नो पदभार सम्हालेका हुन् ।
संस्थानका कर्मचारीहरुले उनको स्वागत गर्दै संस्थानको वारेमा संक्षिप्त जानकारी समेत गराएका छन् । ताप्लेजुङमा जन्मेर राई काठमाडौंमा कर्म गरिरहेका छन् । झण्डै दुई दशकदेखि नेपाली कला, संस्कृति र रंगमञ्चको संरक्षण, प्रवद्र्धन र प्रचार प्रसारमा लाग्दै आएका राई लाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सिफरिसमा नियुक्त गरेको हो ।
नेपाल सरकारले उनलाई चार बर्षको लागि नियुक्त गरेका हुन् । पछिल्लो समय उनी पत्रकारितासागै विविध साास्कृतिक कार्यक्रमहरुको आयोजना तथा प्रवद्र्धनमा व्यस्त रहादै आएका थिए । उनले दर्जन बढि कार्यक्रमहरुको आयोजना समेत गरेका छन् ।
आफ्नो पदभार सम्हाल्दै महाप्रबन्धक राईले साास्कृति संस्थानलाई राष्ट्रको एक मात्र उत्कृष्ट साास्कृतिक संस्थान बनाउने कार्यमा आफु लागिपर्ने बताएका छन् ।
सरकारी तथा गैर सरकारी संस्थाहरुको रोजाईको साास्कृतिक संस्थान बनाउन नयाा योजनाहरु कार्यन्वयन गर्नेदेखि संस्थाका समस्याहरुलाई क्रमश सम्बोधन गर्दै नयाा गति ढिलाउने उनले प्रष्ट पारेका छन् ।
श्रावणदेखी रिक्त हुर्दै आईरहेको साास्कृतिक संस्थानको महाप्रबन्धकमा उनलाई नेपाल सरकारको मन्त्री परिषद्ले चार बर्षको लागि गत विहीवार नियुक्त गरेका हुन् । उनको आगमन पछि साास्कृतिक संस्थानको मुहार फेरिने सबैले विश्वास लिएका छन् ।