पुस २८ गते भक्तपुरमा दिपक खरेल साँझ

भक्तपुर-भक्तपुर साङीतिक समाजको आयोजनामा गायक दिपक खरेल को एकल साङीतिक कार्यक्रम दिपक खरेल साँझ २०७५ हुने भएको छ ।
हालै आयोजित पत्रकार सम्मेलनमा दिपक खरेल साँझ कार्यक्रम यहि पुष २८ गते हुने भएको जानकारी गराइएको छ । भक्तपुर सांगीतिक समाजको एकल आयोजनामा भक्तपुरको इम्पेरियल बेनक्वेट, सल्लाघारिमा हुन गइरहेको कार्यक्रममा दिपक खरेलले आफ्ना चर्चित गीतहरु मध्येबाट १५ वटा गीतहरु प्रत्येक्ष संगीतमा पस्किने जानकारी गराइएको छ ।

बाद्यबादनमा नेपालको चर्चित ब्याण्ड द लिजेण्ड ब्याण्डले गायक खरेल को प्रस्तुतिमा सहयोग गर्ने भएको छ । गत साल स्वर सम्राट नारायण गोपालको सम्झनामा नारायण गोपाल स्मृति साँझ २०७४  को सफल आयोजना गरी हौसिएको समाजले यस्तै प्रकारको कार्यक्रम प्रत्येक बर्ष गर्ने उदेश्य अनुरुप यस पाली दिपक खरेल साँझ गर्न लागेको कुरा समाजका अध्यक्ष प्रविण शाहीले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।

पत्रकार सम्मेलनमा उपस्थित गायक खरेलले ुपुरानालाई सम्मान र नयाँलाइ प्रोत्साहनु को‌ समाजको अभियानलाई सहयोग गर्ने उदेश्यले आफूले प्रस्तुती दिन लागेको र नयाँ पुस्ताले बिर्सदै गइरहेको सुगम सङ्गीतको उत्थानलाई पनि यस्ता कार्यक्रमले थप टेवा मिल्ने बिचार ब्यक्त गरे।समाजका सल्लाहकार तथा बरिष्ठ रचनाकार सुबास चन्द्र ढुङ्गेलले दिपक खरेल जस्तो कहलिएका कलाकारको साङ्गितिक प्रस्तुतिले भक्तपुरको साङ्गितिक बिकासमा थप जोड मिल्ने र कार्यक्रमलाई सबैतिर बाट सहयोग प्राप्त हुने बिश्वास ब्यक्त गरे ।

दिपक खरेल साँझ कार्यक्रमका संयोजक तथा समाजका सचिब अल्बर्ट बज्राचार्यले बिगत को कार्यक्रममा झै यस पाली पनि सबै दर्शक श्रोता हरुले भक्तपुर साङीतिक समाज को प्रयास लाई साथ दिनु हुनेछ भनि सबै पक्ष सङ सहयोग को लागि अनुरोध पनि गरे । सो पत्रकार सम्मेलन मा मिडिया संयोजक सुमन रन्जितकार ले सबै सन्चार कर्मीहरु लाई समाज को हाल सम्म को गतिबिधी को जानकारी गराउदै यो कार्यक्रम को सफलता ले पाश्चात्य साङीत को बढ्दो प्रभाव बिच नेपाली सुगम सङीत लाई बचाइ राख्ने कुरा मा सानो भए पनि योगदान दिनेछ भन्ने बिस्वास ब्यक्त गरे। हुन लागेको कार्यक्रम भब्य र सभ्य बनाउने कुरा मा म र मेरो सम्पुर्ण इम्पेरियल बेन्क्वेट टिम ले सक्दो सहयोग गर्ने कुरा बेन्क्वेट का प्रमोटर तथा युवा उद्यमि रोमन सिलाकार ले ब्यक्त गरे।