नयाँ वर्षलाई भव्य बनाउन नेपाली कलाकार क्यानाडा जाँदै

काठमाडौं– नेपाली क्यानेडियन कम्युनिटि सर्भिस (एनसीसीएस, क्यानाडा) ले नयाँ वर्ष २०७६ लाई स्वागत गर्न एउटा विशेष कार्यक्रम आयोजना गर्दैछ ।

यही अप्रिल १३ तारीख अर्थात न्यु ईयर ईभको दिन क्यानडाका नर्थ योर्क, टोरन्टोमा एउटा भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुंदैछ ।

उक्त कार्यक्रममा सहभागी हुन लोकप्रिय गायक कन्हैया सिंह परियार, लोकप्रिय गायिका अन्जना गुरुङ तथा लोकप्रिय कलाकार नारायण त्रिपाठीले आफ्नो उत्कृष्ठ प्रस्तुति दिने भएका छन् ।

कार्यक्रममा मोडल अपेक्षा सिंहले पनि आफ्नो नृत्य प्रस्तुत गर्नेछिन् । अपेक्षाको यो पहिलो औपचारिक कार्यक्रम हुनेछ । उनले एउटा नेपाली गीतको म्युजिक भिडयोमा अभिनय गरिसकेकी छिन् । कार्यक्रममा केही स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने छ ।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको आयोजक संस्थाले जनाएको छ ।

‘नेप्लीज न्यू इयर २०७६-धमाका’ शीर्षकको उक्त कार्यक्रम स्थानिय समय अनुसार सांझ छ बजेदेखि प्रारम्भ हुनेछ ।