नयाँ वर्षमा गीतकार ढकालले खुवाए बालबालिकालाई खाजा

काठमाडौं– नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा किड्नी क्लवका अभियन्ता तथा महासचिव प्रदिप ढकालले २४ जना भुकम्प पिडित बालबालिकालाई खाजा खुवाउनु भएको छ ।

गीतकार समेत रहनु भएका ढकालले चियानास्ता कार्यक्रम पुरानो बानेश्वर स्थित संगमचोकमा रहेको छहारी छात्रावासका भुकम्प पिडितलाई खाजा खुवाउदै नयां बर्षको शुभकामना पनि दिनु भएको हो ।