आसाममा देखियो गायक प्रमोद खरेलको यस्तो क्रेज

काठमाडौं- भारतको आसाममा आयोजित १२ दिने डाइजिंग फेस्टिभलको अन्तिम दिन गत मंगलबार आसाम बगाइगाव, चिरांगमा गायक प्रमोद खरेलको प्रस्तुती विशेष रह्यो ।

एसियाका विभिन्न कलाकारसहित बलिउडका मिका सिंह, विशाल शेखर, निति मोहनले प्रस्तुति दिएको उक्त कन्सर्टमा नेपालबाट गायक प्रमोद खरेललाई निम्त्याइएको थियो ।

आफ्नो ब्याण्डसहित गायिका मिना निरौलालाई लिएर स्टेज उत्रिएका गायक खरेलले करिव दुई घण्टा आफ्नो प्रस्तुति दिइरहदा दर्शकको ननस्टप हुटिङ र वान्समोर आइरह्यो । बेला–बेला आसामीज भाषामै सम्वोधन गर्दै २ वटा आसामीज गीत समेत गाउदा माहौल झन् रोमान्चक बनेको थियो ।
पुराना नेपाली हिट गीतहरुसंग बोडो गीत बागुरुम्बा फ्युजन गरेर गाउ“दा दर्शक रोमांचित बनेका थिए । आसामीज मैं मेरो मामा घर आसाम भनेर सुनाउदा दर्शकले भान्जा–भान्जा भन्दै हुटिंग गरे ।

दर्शकलाई भ्रमण बर्ष २०२० मा नेपाल आउन अनुरोध गर्दै आयोजकलाई स्टेजमै नेपाली ढाका टोपी लगाइ दिएपछि आयोजकले नेपाल आउने बाचा गरे । म बिना, झुम्कावाली, हंगामा भो लगायतका हिट नम्बर सुनाउदा बहुचर्चित यो कुरा गोप्य दोहोर्याएर सुनाए । कार्यक्रममा मिनाले प्रमोद संग पुराना युगल गीतमा साथ दिदै काले दाइ सुनाइन् ।

स्टेजबाट झर्दै गर्दौ भारतिय सुरक्षा फौजको घेरामा बाहिरएका प्रमोदलाई प्रमोद प्रमोद भनेर हुटिंग गरेका थिए । दर्शक को क्रेजलाई थाम्न एसएसबिको सहयोगमा आयोजकले गाडीमा हाल्नु परेको थियो । प्रमोदले दर्शकलाई हात हल्लाएर बिदा लिए । बोडोलैंड पर्यटन बोर्ड तथा डाइजिंग फेस्टिभल बोर्डको आयोजनामा भएको उक्त कार्यक्रमको नेपाल संयोजन कृष्ण शर्मा ले गरेका थिए ।

तस्बिर-  अयुब बास्तोला