‘गलबन्दि पछ्यौरी’ लिएर आउँदैछन् आशिष सचिन र मेलिना राई

काठमाडौं-  ‘पिरिम नलाउने’  तथा ‘एक कान दुई कान मैदान भैदियो’ गीतको अपार सफलतापछि लोकप्रिय गायक आशिष सचिनले अर्को एउटा रोमान्टिक शैलीको गीतमार्फत दर्शक तथा स्रोतामाझ आउने भएका छन् ।

‘गलबन्दी पछ्यौरी…’ शीर्षकको उक्त गीत दीपक शर्माको संगीत निर्देशनमा बनेको छ । गीतका रचनाकार पनि शर्मा नै हुन् ।

उक्त गीतमा गायक आशिष सचिनलाई गायिका मेलिना राईले साथ दिएकी छिन् ।

यसै साता प्रिज्म स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा निकै नै कर्णप्रिय बनेको गायक सचिनको भनाइ छ । गीतलाई नरेन्द्र बियोगीले संगीत संयोजन गरेका हुन् ।

उक्त गीतको म्युजिक भिडियो निर्माणको क्रममा छ । आशिफ शाहले उक्त म्युजिक भिडियो निर्देशन गर्दैछन् । आगामी भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने गायक आशिष सचिनको तयारी छ ।