चर्चामा नीता ढुंगाना र निरहुवाको रोमान्टिक भिडियो

काठमाडौं–अभिनेत्री नीता ढुंगानाले अभिनय गरेको एउटा भोजपुरी चलचित्रको एउटा रोमान्टिक गीत यूट्युबमा अत्यधिक रुचाइएको छ ।

भोजपुरी चलचित्रका सुपरस्टार दिनेश लाल निरहुवासंगको अघिल्लो वर्ष नै प्रदर्शन भएको एउटा चलचित्रको गीतको भिडियो यतिबेला भाइरल भएको हो ।

उक्त गीतमा नीता ढुंगाना तथा निरहुआले आकर्षक नृत्य तथा रोमान्स गरेका छन् । उक्त भिडियोले अहिले आएर यूट्युबमा भ्यूज बढाएको हो ।

भाइरल भैरहेको उक्त गीत ‘शेर–ए–हिन्दुस्तान’ मा समावेश छ । उक्त चलचित्रका अधिकांश गीतहरु मन पराइएका थिए ।

यद्यपि, सबैभन्दा बढि रुचाइयो, ‘प्रेम पियाला’ शीर्षकको गीत । उक्त गीतमा दिनेश र नीताको बीचको केमेष्ट्रि हेर्न लायक भएको टिप्पणी भारतीय सञ्चारमाध्यमहरुले समेत गरेका छन् । गीतमा दुबैलाई निकै सुन्दर देखिएको छ । भिडियोमा समावेश लोकेशन पनि निकै सुन्दर छ ।

सबै कुराको राम्रो समिश्रण भएको उक्त गीत अहिले आएर दर्शकहरुले मन पराएका हुन् । उक्त गीतले लोकप्रियता पाउनुमा मधुकर आनन्दको मेहनतलाई कारक मानिएको छ । उनैले उक्त चलचित्रका गीतहरु संगीतबद्ध गरेका हुन् ।

अभिनेत्री ढुंगानाले यही चलचित्रमार्फत भोजपुरी चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन् । यो चलचित्रले व्यवसायिक रुपमा समेत सफलता हासिल गरिसकेको छ ।

यस्तो छ नीता र दिनेशको रोमान्टिक भिडियो