logo
    आइतवार, साउन २४, २०८३
आइतवार, साउन २४, २०८३

ओरिगीद्वारा व्यावसायिक फुटबलबाट सन्यास घोषणा


  • सोमवार, जेष्ठ २५, २०८३
  • 118
    SHARES

    ओरिगीद्वारा व्यावसायिक फुटबलबाट सन्यास घोषणा

    काठमाडौं- बेल्जियमका स्टार फरवार्ड डिभोक ओरिगीले औपचारिक रूपमा व्यावसायिक फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।



    लिभरपुलका लागि खेलेका ओरिगीलाई आफ्नो करियरमा निर्णायक गोलका कारण विश्वभर चर्चित बने ।

    विशेष गरी युईएफए च्याम्पियन्स लिग २०१९ को सेमिफाइनलमा फुटबल क्लब बार्सिलोना विरुद्ध गरेको ऐतिहासिक गोल र फाइनलमा टोटेनह्याम विरुद्धको गोल आज पनि समर्थकहरूका लागि अविस्मरणीय छ ।

    ओरिगीलाई ‘बिग गेम प्लेयर’ का रूपमा चिनिन्छ, जसले महत्वपूर्ण क्षणहरूमा टिमलाई जीत दिलाएका थिए ।

    उनको योगदानका लागि फुटबल जगतले उच्च सम्मान व्यक्त गर्दै सफल भविष्यको कामना गरेको छ ।

    प्रतिकृया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा समाचार
    चर्चित