गायक सुविन्द्र केसीको ‘खोली तर्दा…’ सार्वजनिक (भिडियो)

काठमाडौं- गायक सुबिन्द्र केसीको नयाँ गीत ‘खोली तर्दा…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पुरुषोत्तम डंगोलको शब्दको उक्त गीतमा अर्जुन पोखरेलको संगीत निर्देशन छ । आरोहण एल्बममा समाबेश उक्त गीतको एरेन्ज महाराज थापाले गरेका हुन् ।

सार्वजनिक म्युजिक भिडियोमा मोडल अन्जली अधिकारीले अभिनय गरेकी छिन् । अन्जलीलाई काजीश श्रेष्ठ तथा राम कार्कीले अभिनयमा साथ दिएका छन् ।

भिडियोको निर्देशक तथा कोरियोग्राफर काजिश श्रेष्ठले गरेका हुन् । अजय रेग्मीद्वारा छायांकन गरिएको उक्त भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् ।

यस्तो छ म्युजिक भिडियो