गीतकार अम्बिका गुरुङको गीतमा पत्रकारको कथा (भीडियो)

काठमाडौं – गीतकार अम्बिका गुरुङले रचना गरेका शब्दहरुको नयाँ गीतको म्युजिक भीडियो सार्वजनिक भएको छ । ‘बढ्यो मनमा प्यार…’ बोलको उक्त गीतको म्यूजिक भीडियो गीतकार गुरुङकै यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा रमेश श्रेष्ठको स्वर तथा दिपक शर्माको संगीत निर्देशन छ । पत्रकारीता तथा पत्रकारहरुको जीवन शैलीलाई गीत तथा म्युजिक भीडियोमा चित्रण गरिएको छ ।

निशान कश्यपद्वारा निर्देशित उक्त भीडियोमा अभिनेता विनोद न्यौपाने तथा सुसिला थापाले अभिनय गरेका छन् ।