रियाषा दाहाललाइ ‘हेल्लो’ भन्दै आए अमन प्रधान  [भिडियो ]

 

काठमाडौं – गायक अमन प्रधानको नयाँ गीत ‘हेल्लो’को  म्युजिक भिडियो सार्वजनिक भएको छ । बिष्णुबाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित कलाकार रियाषा दाहाल र अमन प्रधान फिचर्ड छन। राहुल प्रधानले सगीत संयोजन गरेको गीतको भिडियोलाई पनि राहुल प्रधानले निर्देशन गरेका हुन् अनिल मानन्धरको सिनेमाटोग्राफी र बिजेश पौडेलको सम्पादन रहेको भिडियोलाई
गायक प्रधानकोको  यु ट्युब च्यानल बाट रिलिज गरिएको हो ।