‘मल मल सारी…’ मा यस्तो सुनिए युवराज चौलागाईं

काठमाडौं– गायक युवराज चौलागाईं आफ्नो बिल्कुलै नयाँ गीतमार्फत दर्शक तथा श्रोतामाझ आएका छन् ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर गायक चौलागाईंले ‘मल मल सारी’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गायक चौलागाईंले यसलाई आफ्ना श्रोता तथा दर्शकका लागि नयाँ वर्षको उपहार भएको बताएका छन् ।

गायक चौलागाईंद्वारा नै संगीतबद्ध उक्त गीतका शब्दहरु अनुष्का पाठक तथा गोपी श्रेष्ठले रचना गरेका हुन् ।

उक्त गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । कविराज गहतराजले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन् ।

सुदिप बरालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

यस्तो छ म्युजिक भिडियो