डा.सन्देश लम्साल सम्मानित
दाङ– राप्ती प्रादेशिक अस्पतालमा कार्यरत डा.सन्देश लम्साल सम्मानित भएका छन् । डा. लम्साललाई राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालले एक समारोहका बीच सम्मानित गरेको हो ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालद्वारा सञ्चालित विभिन्न स्वास्थ्य शिविरहरूमा पुर्याएको सहयोगको मूल्याङ्कन गर्दै डा.लम्साललाई सम्मानित गरिएको आयोजक संस्थाले जनाएको छ ।
आइतवार आयोजित उक्त समारोहमा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल दाङ जिल्ला कमिटी अध्यक्ष शरदराज गिरीको अध्यक्षतामा आयोजना गरिएको थियो ।
नेकपा एमाले दाङ जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको प्रमुख आतिथ्यता रहेको यो समारोह घोराही उपमहानगरपालिका, तेरौटेस्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित द्रोपत्ता कुमारी लोहनी लक्ष्मी नारायण वृद्धाश्रममा आयोजना गरिएको थियो ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको १९औं स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा उक्त वृद्धाश्रममा आश्रित वृद्ध–वृद्धाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै खाद्यान्नसमेत वितरण गरिएको थियो ।
-
राष्ट्रका नाममा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन : शान्ति, सद्भाव र राष्ट्रिय एकता जोगाउन सबैलाई संयम अपनाउन आग्रह
-
निखिल उप्रेतीको ‘आचार्य’ को फर्स्टलुक सार्वजनिक, दमदार अवतारले बढायो उत्सुकता
-
लूनिभाको कान कराउने र दाँत दुखाउने ‘गौँथली’ को क्याइमेक्स
-
मधेशका घटनामा भ्रामक सूचना नफैलाउन सञ्चारमन्त्री तिमिल्सिनाको आग्रह
-
‘अक्षरा’ को ‘नाचौँ न बरि लै’, छमछमी नाचे न्यान्सी र रिस्ता (भिडियो)
-
हराएको सूचनाबाट दुःखद अन्त्य: सानिमा क्यापिटलकी कम्प्लायन्स अफिसर रश्मी रिजाल आफ्नै कारभित्र मृत फेला
-
दुबईको ११ वर्षको अनुभव अब काठमाडौंमा: आगन्तुक खरेलले खोलिन् अन्तर्राष्ट्रियस्तरको ‘प्रीटि सलुन’
-
गुरु पूर्णिमामा पाँच स्रष्टालाई सम्मान, मिथिला शर्माद्वारा गुरु दक्षिणास्वरूप स्थापित
-
मोडल इभा गिरी रुँदै भन्छिन्- ‘एक हप्तादेखि म दुर्व्यवहारको शिकार भइरहेकी छु’
-
रहेनन् देव आनन्दका छोरा सुनील आनन्द