कुटपिटको भिडियो भाइरल भएपछि अशोक दर्जी प्रहरीमा, थालियो अनुसन्धान
काठमाडौं- सामाजिक सञ्जालमा आफू कुटिएको भिडियो सार्वजनिक भएपछि बालगायक तथा कलाकार अशोक दर्जी कानुनी प्रक्रियामा गएका छन्। आफूलाई कुटपिट गर्नुका साथै धम्क्याएको आरोप लगाउँदै उनले झापाको अनारमनी इलाका प्रहरी कार्यालय, बिर्तामोडमा उजुरी दर्ता गरेका छन्।
दर्जीले शनिश्चरेका अंकित प्रधानसहित दुई जनाविरुद्ध कानुनी कारबाहीको माग गर्दै दिएको उजुरीमा आफूमाथि भएको दुर्व्यवहारको भिडियो करिब एक महिनाअघि नै खिचिएको र पटक–पटक हटाउन आग्रह गर्दा पनि नमानी अहिले सार्वजनिक गरिएको उल्लेख गरेका छन्।
आइतबार सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा केही व्यक्तिले दर्जीसँग पैसा माग्दै कुटपिट गरेको दृश्य देखिएपछि व्यापक आलोचना भएको थियो। भिडियो सार्वजनिक भएपछि उनका प्रशंसक, कलाकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले घटनामा संलग्नमाथि कडा कारबाही गर्न माग गरेका थिए।
दर्जीले दिएको उजुरीको प्रतिलिपि फिल्म निर्मात्री नीता ढुंगानाले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। ढुंगानाले निर्माण गरिरहेको आगामी फिल्म ८८‘पार्वती’८८मा अशोक दर्जीले अभिनयसमेत गरेका छन्।
पछिल्लो समय झापास्थित आफ्नै घरमा बस्दै आएका दर्जीले आफूमाथि भएको कुटपिट, धम्की र भिडियो सार्वजनिक गरेर चरित्रहत्या गर्न खोजिएको भन्दै दोषीमाथि कानुनअनुसार आवश्यक कारबाही गर्न प्रहरीसमक्ष माग गरेका छन्।
उजुरी दर्तापछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।
-
‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्यले इन्फा अवार्डको थालनी गरेका हौँ’: उमेशराज मोक्तान, अध्यक्ष, इन्फा इभेन्ट्स, यूके
-
‘सुकुमबासी बस्ती हटे पनि बालबालिकाको पढाइ नरोकिने’: शिक्षामन्त्री पोखरेल
-
सुनसरी घटनापछि प्रधानमन्त्री शाहको अपिल: ‘विचलित नहुनुस्, संयमता अपनाउनुस्’
-
‘पेन्सन पट्टा’: धनभन्दा ठूलो त्याग र अव्यक्त प्रेमको मार्मिक कथा
-
‘लज्जावती’ को ट्रेलर रिलिज, दुई प्रेमकथाले दर्शकको मन छुने संकेत
-
दुबईको ११ वर्षको अनुभव अब काठमाडौंमा: आगन्तुक खरेलले खोलिन् अन्तर्राष्ट्रियस्तरको ‘प्रीटि सलुन’
-
हराएको सूचनाबाट दुःखद अन्त्य: सानिमा क्यापिटलकी कम्प्लायन्स अफिसर रश्मी रिजाल आफ्नै कारभित्र मृत फेला
-
गुरु पूर्णिमामा पाँच स्रष्टालाई सम्मान, मिथिला शर्माद्वारा गुरु दक्षिणास्वरूप स्थापित
-
मोडल इभा गिरी रुँदै भन्छिन्- ‘एक हप्तादेखि म दुर्व्यवहारको शिकार भइरहेकी छु’
-
रहेनन् देव आनन्दका छोरा सुनील आनन्द