logo
    शनिबार, साउन १६, २०८३
शनिबार, साउन १६, २०८३

राजकुमारको निर्देशनमा ‘फलानो ढिस्कानो’, साइग्रेस हिरो


  • मङ्लबार, साउन १२, २०८३
  • 70
    SHARES

    राजकुमारको निर्देशनमा ‘फलानो ढिस्कानो’, साइग्रेस हिरो

    काठमाडौं- द्रव्य प्रोडक्सनको व्यानरमा हास्य फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ । निर्माण पक्षले मंगलवार फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो ।



    पोस्टरमा कथावाचकका रुपमा चर्चामा रहेका साइग्रेस पोखरेललाई बाइकको पछाडी बसेर कतै गइरहेको देख्न सकिन्छ । जुन पोस्टर हेर्दैमा नाम जस्तै हास्य भुमिकामा उनी रहेको देख्न सकिन्छ । हँसिलो अनुहारमा उनी देखिएका छन् । उनको कोटको गोजीमा फिल्म पत्रकारको कार्ड बोकेको देखिएको छ ।

    अर्को पोस्टरमा भने उनी फिल्म पत्रकारको प्रेसकार्ड बोकेका छन् । जुन हेर्दा उनी पत्रकारको भुमिकामा रहेका देखिन्छन् । जहाँ उनी पठाओ बुक गर्दै गरेको देखिन्छन् ।

    जय नेपाल हलमा भएको घोषणा कार्यक्रममा साइग्रेसले भने, ‘मैले आ बाट आमा खेल्छु त्यसपछि खेल्दिनँ भन्ने थियो तर यो नशा रैछ । त्यसैले यो फिल्मको कथा मन परेको कारण यो फिल्ममा अनुबन्ध भएको हुँ ।’

    यो फिल्ममा साइग्रेसका अलवा अन्य कलाकारहरुको नाम भने सार्वजनिक गरिएको छैन । निर्माण टिमले विस्तारै अन्य कलाकार तथा प्राविधिकबारे जानकारी दिने जानकारी दिएको छ । यस फिल्मलाई राजकुमारले निर्देशन गर्न लागेको हुन् । उनका अनुसार यो फिल्म दसैंपछि छायांकनमा जानेछ ।

    प्रतिकृया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा समाचार
    चर्चित