logo
    शनिबार, साउन १६, २०८३
शनिबार, साउन १६, २०८३

टिजरमा ‘पार्वती’: दिदी–भाइको कारुणीक कथा (भिडियो)


  • बुधबार, साउन १३, २०८३
  • 108
    SHARES

    टिजरमा ‘पार्वती’: दिदी–भाइको कारुणीक कथा (भिडियो)

    काठमाडौं– नीता ढुङ्गानाद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘पार्वती’ को टिजर रिलिज भएको छ । बुधवार गुरु पूर्णिमाको अवसर पारेर निर्माण टिमले टिजर रिलिज गरेको हो ।



    टिजरमा दिदी–भाइको माया दर्शाइएको छ । अटिजम भएकी दिदी तथा भाइबीचको मायाले दर्शकलाई भावुक बनाउँछ । पार्वती अर्थात नीता र किरण भाइ अर्थात अशोक दर्जीलाई मात्रै एक मिनेट ५७ सेकेण्ड लामो टिजरमा अटाइएको छ ।

    आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मको टिजरले दर्शकलाई एक किसिमको कौतुहल्ता जगाउने टिजरमा देख्न सकिन्छ । यो टिजरलाई साहिल खानले काटेका हुन् ।

    यसअघि यो फिल्ममा समावेश रत्यौली गीत ‘नौतुना रेलैमा’ ले दर्शकको मन जितिसकेको छ । अभिनेत्री नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना स्वयं रहेकी छिन् ।

    फिल्ममा नीताका साथमा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतका कलाकारहरुको अभिनय गरेको छ ।

    निर्देशक ढुङ्गानाकै पटकथा रहेको यस फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको डीओपी रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ ।

    फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन् । फिल्मको सम्पादन तथा ट्रेलर साहिल खानले तयार पार्नेछन् ।

    यस फिल्मका गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले गाएका हुन् भने शब्द रचना हर्क साउदको रहेको छ । संगीततर्फ दीपक शर्मा, बाबुल गिरी, प्रशान्त सिवाकोटी लगायतकोसंगीत रहेको छ भने संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

    रोयल भीमसेनले पोस्टर डिजाइन गरेको यस फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् । साथै, फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।

    प्रतिकृया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा समाचार
    चर्चित